समाज

बहुविवाहमा जेल सजाय सुनाइएका व्यक्ति २० वर्षपछि पक्राउ

काठमाडौं । बहुविवाह मुद्दामा दोषी ठहरिएका एक व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् ।२० वर्षदेखि फरार रहेका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११ का ४३ वर्षीय टीकादत्त दुलाललाई सिन्धु प्रहरीले पक्राउ गरेको हो ।जिल्ला अदालतले दुलाललाई बहुविवाह अभियोगमा एक महिना कैद र एक हजार रूपैयाँ जरिबाना गरेको थियो ।शुक्रबार पक्राउ गरिएका दुलाललाई सजाय भुक्तानका लागि कारागारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।साभार : नेपाल प्रेस

Comment here