काठमाडौं । सरकारले दुबई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा रोजगारीका लागि जान रोक लगाएको छ । ती मुलुकमा यस्तो पदमा गएका अधिकांश श्रमिक समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति रोक्ने निर्णय गरेको हो ।पछिल्लो समय यी पदमा जाने श्रमिकले स्वीकृति मागपत्र बमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेपछि रोक लगाइएको विभागका सूचना अधिकारी निर्देशक कृष्णप्रसाद भुसालले जानकारी दिए ।उनका अनुसार सहज रुपमा सवारी चालक अनुमती पत्र प्राप्त गर्न नसक्दा लामो समय कामविहीन भई बस्नुपरेको अवस्था छ । अधिकांश श्रमिक धेरै पटक ट्राफिक कारबाहीमा परी ठूलो जरिवाना बुझाउनु परेको गुनासो आएको भुसालले बताए । उनका अनुसार सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासन सम्बन्धी ज्ञान र अनुभवको कमिले गर्दा दुर्घटनासमेत बढेसँगै विभागले यस्तो निर्णय गरेको हो ।दुबई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा श्रमिक पठाउनु सुरक्षित नदेखिएपछि सरकारले पूर्व स्वीकृति रोक्ने निर्णय लिएको विभागका महानिर्देशक उमाकान्त आचार्यले नेपाल प्रेससँग बताए । उनका अनुसार अर्को निर्णय नभएसम्म यो नियम कार्यान्वयनमा रहने छ । विभागले अब उक्त पदको मागपत्र प्रमाणीकरण नगर्न कतार र दुबईस्थित नेपाली दूतावासमासमेत अनुरोध गरेको आचार्यले बताए ।साभार : नेपाल प्रेस
बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा कतार र दुबई जान सरकारद्वारा रोक
१० फाल्गुन २०७९, बुधबार १२:११0


सम्बन्धित समाचार
४ फाल्गुन २०७९, बिहीबार १२:१०0
पुनः नागरिकता लिने व्यक्तिलाई अंगीकृत नागरिकता मात्र दिनुपर्छ : सांसद महतो
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेस प्रदेश सांसद उपेन्द्र महतोले नेपाली नागरिकता त्यागेका व्यक्ति पुनः नेपाल फर्केर आउँदा सोही स्टाटसमा नागरिकता पाउनु देशका सुरक्षाका लागि घातक रह
Read More
१६ मंसिर २०७९, शुक्रबार १२:२५0
सरकार बनेको तीन महिनाभित्र नागरिकताबारे निर्णय नभए एमालेले आन्दोलन गर्छ : महासेठ
१६ मंसिर, धनुषा । नेकपा एमालेका नेता रघुवीर महासेठले सरकार बनेको तीन महिनाभित्र जन्मसिद्ध नागरिकका छोराछोरीहरुलाई नागरिकता दिने निर्णय नभए देशव्यापी आन्दोलन गर्ने बताएका छन् ।शुक्रबार बिहान धनुषामा आ
Read More
१ माघ २०७९, आईतवार १२:५०0
माघे सङ्क्रान्ति पर्व मनाइँदै
काठमाडौं । आज देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदैछ । यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रूपमा धुमधामका साथ मनाउँछन् ।
सूर्य
Read More
Comment here