समाज

बाबुराम भट्टराई कोरोना संक्रमणमुक्त

काठमाडौँ । माघ: जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । भट्टराईले पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘१२ दिन पछि कोरोना संक्रमणबाट मुक्त भएको छु।PCR रिपोर्ट नेगेटिभ आएको छ। अब सार्वजनिक कार्यक्रममा फर्कनेछु। देशभित्र र बाहिरबाट स्वास्थ्यलाभको कामना गर्नुहुने, शुभेच्छा व्यक्त गर्नुहुने सबैमा हार्दिक आभार !’१२ दिन पछि कोरोना संक्रमणबाट मुक्त भएको छु।PCR रिपोर्ट नेगेटिभ आएको छ। अब सार्वजनिक कार्यक्रममा फर्कनेछु। देशभित्र र बाहिरबाट स्वास्थ्यलाभको कामना गर्नुहुने, शुभेच्छा व्यक्त गर्नुहुने सबैमा हार्दिक आभार !साभार : रिपोर्टर्स नोपल

Comment here