समाज

बामपन्थी नेता हरिदेब मंडलको पाँचौ स्मृति सभा सम्पन्न्

जनकपुरधाम । पुर्व शिक्षक तथा बामपन्थी नेता हरिदेब मंडलको पाँचौ स्मृति दिवस उहाँको जन्मस्थल धनुषाको नगराईन नगरपालिका ८ खिरिखिरियामा सोमबार सम्पन्न भएको छ ।स्थानीय महावीर मेमोरियल ईङलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रघुनाथ प्रसाद साहको अध्यक्षतामा भएको सो पाँचौ स्मृति दिवसका अवसरमा बोल्दै वडाध्यक्ष संजय कुमार राउतले स्वर्गिय मंडलको योगदानको विषयमा चर्चा गर्नुभएको थियो । प्रजातन्त्र प्राप्तिका लागि शहिद डा.लक्ष्मीनारायण झा संग जेल जिवन विताउनु भएका स्व. मंडल एक निष्ठावान, इमानदार आदर्शवादी नेताका रुपमा पहिचान बनाउनु भएको थियो । स्मृति दिवसका अवसरमा दर्जनौ व्यक्तिहरुको उपस्थिती थियो ।

Comment here