काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बालाजुमा क्षेत्रमा भएको घटनाप्रति सरकारको ध्यानकर्षण गराएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै दिनदहाडै आन्दोलनको नाममा लुटपाट हुँदा समेत सरकारले केही गर्न नसकेको बताए ।उनले न्यायोचितरूपमा यातायात मजदुरको माग सम्बोधन गर्न सरकारसँग माग गरे ।उनले भने, ‘मजदुरको नाममा त्यहाँ को प्रवेश गरेका छन् ? कसले प्रोत्साहित गरेका छन् ? त्यहाँको घटना पूरै भिडिओमा आएको छ । कुनै कारबाही अगाडि बढ्दैन । त्यसले हामीलाई गम्भीर बनाएको छ । काठमाडौंको मुटुमा सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिन सक्दैन भने दूरदराजमा बस्ने नागरिको हालत के होला ? दोषीलाई तत्कालै कारबाही गर्न माग गर्छु ।’मजदुरको नाममा गैर मजदुर प्रवेश गरेको हो वा होइन यथार्थ छानबिन गर्न उनले माग गरे ।साभार : नेपाल प्रेस
बालाजु घटनाबारे कांग्रेसले भन्यो- आन्दोलनको नाममा कसले लुटपाट मच्चायो छानबिन होस्
३ फाल्गुन २०७९, बुधबार १२:०२0


सम्बन्धित समाचार
१८ मंसिर २०७८, शनिबार १३:३९0
नेपाली कांग्रेस महोत्तरी क्षेत्र न. ३ मा क्षेत्रिय सभापतिमा झा निरविरोध
जनकपुरधाम । नेपाली कांग्रेस महोत्तरी क्षेत्र न. ३ मा सर्वसम्मत क्षेत्रिय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन गरिएको छ । क्षेत्रिय समितिको सभापतिमा राधवेन्द्र झा निरविरोध चयन भएका छन भने सचिवमा रुद्र
Read More
२२ पुष २०७८, बिहीबार ११:३१0
काँग्रेस धनुषा सभापतिमा क्षीरेश्वरनाथ नगरपालिका प्रमुख योगेन्द्र पजियारको उम्मेदवारी घोषणा
जनकपुरधाम । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनुषा सभापति पदमा क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियार ‘जोगी’ ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
आज जनकपुरधाममा आयो
Read More
२८ पुष २०७९, बिहीबार १५:०९0
बलिउड डिभा मलाइका अरोरा काठमाडौंमा
काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा आज काठमाडौं आइपुगेकी छन्। नेपाल रत्न तथा आभूषण संघले दरबारमार्गमा आयोजना गर्न लागेको फेसन रनवे अर्थात् चौथो जेम एण्ड ज्वेलरी एक्स्पोमा शो–स्टपरको रूपम
Read More
Comment here