समाज

बाल अधिकार समिति गठन

जनकपुरधाम जेठ २२ गते ।
बालबालिकाको अधिकार सुनिस्चिततका लागि स्थानीय तहलाई जिम्मेबार बनाउने उद्देश्यले धनुषा जिल्लाको दुई पालिकामा बाल अधिकार समिति गठन गरिएको छ । प्लान इन्टरनेशनलको आर्थिक सहयोग र सामाजिक विकास र अनुसन्धान केन्द्रको सहजिकरणमा संचालित बाल संरक्षण परियोजना अन्तर्गत विदेह नगरपालिका वडा नं ७ मा र जनकनन्दनी गाउँपालिका वडा नं ४ मा वडा स्तरीय बाल अधिकार समिती गठन कार्यक्रम सम्पन्न भएको छ ।
विदेह नगरपालिकामा वडा नम्बर ७ का वडा अध्यक्ष राजकिशोर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास र अनुसन्धान केन्द्रको बाल संरक्षण परियोजनाको कार्यक्रम अधिकृत अनिल साहले सहजिकरण गर्नुभएको थियो । कार्यक्रमको अन्तमा विदेह नगरपालिका वडा नं ७ को अध्यक्ष राजकिशोर सिंहको अध्यक्षतामा बाल अधिकार समिती गठन गरियो । कार्यक्रममा वडा अध्यक्ष सिंहले अब सम्पुर्ण सदस्य मिलेर वडालाई बालमैत्री बनाउनु पर्ने र यसको लागि सम्पुर्ण सदस्यहरु सक्रिय रुपमा लाग्नु पर्ने विचार राख्नुभयो ।
त्यस्तै सामाजिक विकास र अनुसन्धान केन्द्रको बाल संरक्षण परियोजनाको कार्यक्रम संयोजक अमित यादवको सहजिकरणमा, जनकनन्दनी गाउपालिका वडा नं ४ मा पनि वडाअध्यक्ष दिलिप कुमार यादवको अध्यक्षतामा बालअधिकार समिती गठन गरियो । कार्यक्रमको अन्तमा वडा अध्यक्ष यादवले वडा ४ भित्र भएको बालबालिकाहरुको विवरण, बालबालिका क्षेत्रमा काम गर्ने संस्थाहरु तथा बालक्लब, संजालहरुको तथ्यांक संकलन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Comment here