जनकपुरधाम फागुन १५ गते । धनुषा जिल्लाको कमला नगरपालिका वडा नं. २ मा बाल विवाह तथा बाल अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कमला किशोरी समुहको अगुवाईमा कमला नगरपालिका वडा नं. २ माचिमा वडाध्यक्ष ठक्कु यादवको अध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले बालबिबाहका कारण किशोरीहरुको भविश्य नै समस्यामा पर्ने भएकाले यसलाई अन्तय गर्नुपर्नेमा जोड दिएका थिए । बाल बिबाहका कारण किशोरीहरुले उच्च शिक्षाबाट बञ्चित हुने पर्ने अवस्थामा आफ्नो खुट्टामा उभिन नसक्नु तथा आर्थिक, शारीरिक रुपमा समेत कमजोर हुने भएकाले समाजको अभिसापका रुपमा रहेको बाल विवाहलाई अन्त्य गर्न जनचेतनाका कार्यक्रमहरु पलिकाले समेत ल्याउनु पर्ने सहभागीहरुको भनाई थियो । किशोरकिशोरीहरुलाई बालविवाहका नाकारात्मक पक्षका बारेमा जानकारी भयो भने यसमा कमि आउने देखिन्छ । वडाध्यक्ष यादवले आफ्ना वडामा बालविवाह रोक्न तथा बाल अधिकारका लागि काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको आयोजक सामाजिक विकास र अनुसन्धान केन्द्रका बाल संरक्षण परियोजनाका कार्यक्रम अधिकृत अनिल साहले जानकारी दिनुभयो । प्लान ईन्टरनेशनलको आर्थिक सहयोग सामाजिक विकास र अनुसन्धान केन्द्रको आयोजनामा सो अन्तरक्रिया भएको थियो । सो अन्तरक्रियामा कमला नगरपालिका वडा न.. २ का वडा सदस्य, नागरिक समाजको अगुवा तथा समाजको बुद्धिजिबी तथा सामाजिक विकास र अनुसन्धान केन्द्रका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
बाल अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न
१५ फाल्गुन २०७९, सोमबार १७:२८0


सम्बन्धित समाचार
१३ असार २०७९, सोमबार १२:०४0
देशभर मनसुनी वायुको प्रभाव, बाढीपहिरोको जोखिम रहेकाले सतर्क रहन आग्रह
काठमाडौं । अहिले काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा हल्
Read More
२९ माघ २०७८, शनिबार १७:५३0
बृषेशचन्द्र लालले लोसपा छाडे, पुनः दर्ता भएको तमलोपामार्फत राजनीति गर्ने
काठमाडौं । लामो समय देखी महन्थ ठाकुर नेतृत्वलाई साथ दिदैँ आएका प्रभावशाली नेता बृषेशचन्द्र लालले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)वाट अलग भएका छन् ।ठाकुर नेतृत्वको लोसपा नेपाल परित्याग
Read More
२७ आश्विन २०७९, बिहीबार १९:५५0
गणेशमान चारनाथ नगरपालिकाका महिला जनप्रतिनिधिलाई संस्थागत विकास सम्बन्धी चार दिने तालिम सम्पन्न
्बटुकनाथ झा, जनकपुरधाम, २७ गते असोज ।महिला जनप्रतिनिधिहरुको व्यक्तित्व र नेतृत्व विकास क्षेत्रमा काम गरिरहेको माण्डवीले धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिभिहरुका लागि
Read More
Comment here