समाज

बाल संरक्षण सम्बन्धी अन्तरक्रिया सम्पन्न

जनकपुरधाम, असार ४ गते, बाल अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सस्थाहरुले मधेश प्रदेशमा बाल श्रमको तथ्यांक आवश्यक रहेकाले यस क्षेत्रमा काम गर्नुपर्ने बताएका छन् ।सामाजिक विकास र अनुसन्धान केन्द्रको आयोजनामा शनिबार जनकपुरधाममा भएको नागरिक समाज तथा संजालहरु संगको अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले विभिन्न स्थानमा कामगर्ने बालकालिकाहरुको संरक्षणका साथै बाल अधिकारका क्षेत्रमा कानुन अनुसारका काम नभएको बताएका थिए ।केन्द्रका अध्यक्ष मन्जु यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय बाल अधिकार परिषदका अधिकृत संजीव महतोले आफुहरु निरन्तर अनुगमन गरी रहेको बताउनु भयो । उहाँले बालबालिकाहरुलाई समयमा जन्मदर्ता समेत अभिधावकले नबनाएकोले राज्यबाट पाउने सहयोगबाट समेत कयौँ बालबालिका बञ्चित भएको बताउनु भयो । छोरीको उमेर १८ वर्ष भन्दा बढी भएपनि अति अभिभावकले अंश लाग्ने डरले नागरिकता नबनाएको उदाहरण समेत समृद्धि परियोजनाका आलोक कर्णले बताउनु भयो ।बालश्रम गर्नेलाई रोक्नु भन्दा पहिला ति बालबालिकाले काम गर्न बाध्य भएकाले उसको अभिभावकले रोजगारी पाउने वातावरणको सृजना भए बालश्रम हद सम्म कमहुने उपभोक्ता हित संरक्षण मञ्चकी केन्द्रिय सदस्य सुभद्रा आलेको भनाई थियो । सो अन्तरक्रियामा शिक्षा निर्देशनालय मधेश प्रदेशका अमोद यादव, प्रदेश वाल संञ्वजालका अध्यक्ष अशुतोष झा, निल हिरा समाजका प्रदिप यादव लगायतकाले मन्तव्य राख्नुभएको थियो ।

Comment here