समाज

बाल संरक्षण सम्बन्धी अभिमुखिकरण सम्पन्न

जनकपुरधाम । बालबालिका तथा युवाहरुको संरक्षण सम्बन्धी अभिमुखिकरण धनुषामा सम्पन्न भएको छ । जिल्लाको विदेह नगरपालिका वडा नं ७ मा प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा सामाजिक विकास तथा अनुसन्धान केन्द्रको आयोजनामा संचालित परियोजना “बाल संरक्षण” अन्तर्गत बालबालिका तथा युवा संरक्षण सम्बन्धि अभिमुखिकरण कार्याक्रम जेठ ६ गते सम्पन्न भयो । परियोजनाका कार्यक्रम अधिकृत अनिल साहले सहजिकरण गरेको यस कार्यक्रममा स्थानीय लक्षित समूदाय, युवा, बालबालिका तथा समाजसेवी लगायतको उपस्थिती रहेको थियो । यस कार्यक्रमको मुख्य उद्देश्य स्थानीय बालबालिका, यूवा तथा समूदायका अन्य व्यक्तिहरुलाई बालबालिका तथा यूवा सुरक्षा सम्बन्धमा सुसुचित पार्ने तथा प्लान नेपाल तथा साझेदार संस्थाहरुले के कस्ता व्यवहार गर्नुपर्छ र यदि दुव्र्यवहार गर्‍यो भने रिपोर्ट कहाँ गर्ने सम्बन्धमा रहेको थियो ।

Comment here