समाज

संरक्षण सम्बन्धी चार दिने प्रशिक्षण सम्पन्न


जनकपुरधाम भदौँ ७ गते । धनुषा जिल्लाका पाँच वटा स्थानीय तहका शिक्षक तथा सामुदायिक सहजकर्तालाई सामुदायिक विकास र अध्ययन केन्द्र र प्लानईन्टरनेसनल संयुक्त आयोजनामा चार दिने बालअधिकार संरक्षण सम्बन्धी प्रशिक्षण दिएको छ । पुर्व धनुषाका पाँच वटा स्थानीय तहमा बाल संरक्षण परियोजना अन्तरगत विद्यालय तथा समुदायमा बाल विवाह न्युनिकरण,बाल हिँसा अन्त्य,बालअधिकारको प्रवद्र्धन लागयतका विषयमा कामगर्न १० जना शिक्षक तथा १९ जना सामुदायिक सहजकर्ताहरुलाई चार दिने प्रशिक्षण प्रदान गरेको सामाजिक विकास र अनुसन्धान केन्द्रका बाल संरक्षण परियोजनाका कार्यक्रम संयोजक अमित यादवले जानकारी दिनुभयो । जिल्लाका विदेह नगरपालिका, कमला नगरपालिका, शहिदनगर नगरपालिका,सबैला नगरपालिका तथा जनकनन्दिनी गाउँपालिकाका विभिन्न विद्यालयका शिक्षक तथा सामुदायिक सहजकर्ताहरुलाई दातृनिकाय प्लान इन्टरनेशनलका तर्फबाट प्रशिक्षक सुनिल श्रेष्ठ तथा सपना थापाले प्रशिक्षण दिनुभएको थियो । यो प्रशिक्षण पछि पाँच वटै पालिकामा शिक्षक अभिभावक समुह , किशोरी समुह, बाल क्लव गठन गरी बालहिँसा न्युनिकरण, बाल विवाह विरुद्धकोकाम, अभिभावक शिक्षा संचालन जस्ता बाल अधिकारका क्षेत्रमा जनचेतना मुलक कार्यक्रम संचालन गरिने परियोजनाका कार्यक्रम अधिकृत अनिल कुमार साहले जानकारी दिनुभयो । बाल संरक्षण परियोजना अन्तरगत भएको प्रशिक्षणमा स्टिक्स एण्ड स्टोनको तालिम दिएको छ जुन बालबालिकालाई जीवन उपयोगी सीप संगै आफ्नो सुरक्षा आफै गर्न सिकाउने तरिका हो । प्लान ईन्टरनेसनलको आधारमा उक्त प्रशिक्षण दिइएको कार्यक्रम संयोजक अमित यादवले जानकारी दिनुभयो । चार दिने प्रशिक्षणको समापनमा संस्थाका कार्यकारी निर्देशक सुकदेब ठाकुरले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । यो प्रशिक्षण अति नै उपयोगी रहेको र अगामी दिनमा आफुहरु समाजमा रहेको बालअधिकार विरुद्धका क्रियाकलापलाई निरुत्साहित गर्न कामगर्ने प्रशिक्षार्थी सामुदायिक सहजकर्ताहरुले बताए थिए । सहजकर्ताहरुले समाजमा रहेको बालबालिका तथा विद्यालयमा रहेको विद्यार्थीहरुलाई २३ वटा कक्षा मार्फत संरक्षण सम्बन्धी जानकारी गराउनुका साथै आफ्नो सुरक्षा आफै गर्न, खतराबाट बच्न बालबालिकाहरुलाई सिकाइएने छ ।

Comment here