समाजस्वास्थ्य

बिराट नेपाल मेडिकल ट्रष्टद्वारा स्वास्थ्यकार्यालय महोत्तरी मार्फत ७ लाख बरावरको स्वास्थ्य सामग्रीप्रदान

जनकपुरधाम, २३ गते भदौ । बिराट नेपाल मेडिकल ट्रष्टलेमहोत्तरीकाविभिन्न स्थानीयतहका१० वटा स्वास्थ्य संस्थामाकार्यरत स्वास्थ्यकर्मीकालागिस्वास्थ्य सामग्रीप्रदान गरेका छन् ।ट्रष्टका जिल्लाकार्याक्रम संयोजक डा.मनोज कुमार साहकाअनुसारमहोत्तरी जिल्लाको १५ वटा स्थानीयतहमध्ये १० वटा स्वास्थ्य संस्थालाई ७लाख बराबरकापि.पि.इ. किट‐२००, सर्जिकलमाक्स एक हजार, केएन ९५ पाँच सय थान, ग्लोब्स ६०बाकस, फेस सिल२५०, सेनिटाईजर १००० थान स्वास्थ्य सामाग्रीप्रदानगरिएको छ । त्यस्तै २ सय जनाऔषधीखाईरहेकाक्षयरोगीलाई हाईजीन किट उपलब्ध गराउने ट्रष्टकाकार्यक्रम संयोजकडा.मनोज कुमार साहले स्वास्थ्यकार्यालय महोत्तरीकानिमितप्रमुखभोलायादवलाई ७लाख रुपैया बरावरको स्वास्थ्य सामग्रीहस्तान्तरण गर्नुभएको छ । बिराट नेपाल मेडिकल ट्रष्टले बिगतलामो समयदेखि क्षयरोग रोकथामतथा नियन्त्रणको क्षेत्रमाकामगर्दै आएको र कोभिड १९ पहिलो, दोश्रोफेजमाझै यसफेजमापनि स्वास्थ्यकार्यालय महोत्तरी मार्फत कोभिड १९ (कोरोेना) भाईरस नियन्त्रणकोे लागीअमेरिकेयर्स को आर्थिक सहयोगमाEmergency Support Sustenance to Communities Affected by Crisis (SUSTAIN-Phase ‐ 3) नामक परियोजनाअन्तरगत सो सामग्रीहरु हस्तानान्तरण गरेको छ । स्वास्थ्यकार्यालयमाप्राप्तभएको स्वास्थ्य सामाग्रीजिल्लाकोजलेश्वर अस्पताल, बरर्दिवस अस्पताल,लोहारपट्टीप्रा.स्वा.केन्द्र, रामगोपालपुर प्रा.स्वा.केन्द्र, गौशालाप्रा.स्वा.केन्द्र, सम्सी प्रा.स्वा.केन्द्र, बलवा स्वा. चौकी, धमैरा स्वा. चौकी, सोनमा स्वा. चौकी र खुटापिपराढी स्वा.चौकी/स्वास्थ्य संस्थामापालिका संग समन्व्य गरीकोभिड १९ (कोरोेना) महामारीको आपतकालिन समयमाअग्रपंक्तिमा रहेर कार्यरत स्वास्थ्यकर्मीहरु र ल्यावकर्मीको सुरक्षाको लागी ११ वटा स्वास्थ्य संस्थामा हस्तान्तरण हुने कार्यालय प्रमुखभोलायादवलेजानकारी दिनुभयो । बिराट नेपाल मेडिकल ट्रष्टले IMPACT TB परियोजनाअन्र्तगतक्षयरोग नियन्त्रणको कामबिगत ४ वर्ष देखि गर्दै आईरहेको । विगतको वर्षमापनिक्षयरोगीलाई खाधान्न र स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्रीउपलब्ध गराएको थप्दै यस पालिमहामारीको समयमाजिल्लामानिरन्तर सहयोग गर्दै आइरहेको बि.एन.एम.टी. नेपाललाई स्वास्थ्यकार्यालय महोत्तरीकानिमितप्रमुखयादवले धन्यवाददिदै यस महामारीको घडीमा सहयोगको निरन्तरताको आसा राख्नु भयो ।

Comment here