रौतहट । बिहे गरेर भारत पुगेकी नेपाली चेली बेपत्ता भएकी छन् । रौतहटको कटहरिया नगरपालिका माइती भएकी २३ वर्षीया रिंकु कुमारी सोनी बेपत्ता भएकी हुन् । भारत बिहार पताही थानाक्षेत्र अन्तर्गत पदुमकेर गाउँमा बिहे गरेर पुगेकी उनी गत शनिबारदेखि बेपत्ता भएकी हुन् । उनका श्रीमान ३५ वर्षीयप्रदीप साह सोनारसहित परिवारका अन्य सदस्यसमेत सम्पर्कविहीन भएका छन् । माइती पक्षले छोरीको हत्या भएको हुन सक्ने आशंका गर्दै सोही कारण ज्वाइँसहितको परिवार सम्पर्कविहीन बनेको आरोप लगाएका छन् । ज्वाइँ प्रदीप साहले छोरीमार्फत आफूसँग २ लाख रुपैयाँ मागेको र सो दिन नसक्दा छोरी बेपत्ता हुन पुगेको रिंकुकी आमा सोमारी देवीले बताइन् । रिंकुका भाइ संजिव सोनीका अनुसार आइतबार साँझ ज्वाइँ प्रदीप साहले फोन गरेर रिंकु सोनीले घरमै पासो लगाएर आत्महत्या गरेको बताएका थिए । त्यसपछि आफूहरु भारत जाने तयारी गर्दैगर्दा फेरि फोन गरेर दाहसंस्कार गरिसककेको बताएर फोन काटेको उनको भनाइ छ । आइतार राति ११ बजे माइती पक्ष छोरीको घर पुग्दा सोनारको घरको मुलढोकामा ताला लागेको थियो । भोलिपल्ट गाउँमा सोधीखोजी गर्दा कसैले पनि भरपर्दो जवाफ नदिएको र फोन गर्दा फोन बन्द रहेको पीडित पक्षको भनाइ छ । लगत्तै पतांही थानामा गएर भारतीय प्रहरी लाई घटनाबारे बताउँदा कुनै वास्ता नगरेको संजिवको भनाइ छ । लामो समयदेखि रौतहटस्थित राजपुर चोकमा प्रदीपका बुवा ललन साहले सुनचाँदीको व्यवसाय गर्दै आएका थिए । यता साहले पसलका सबै सामान लगेको खुलेको छ । इलाका प्रहरी कार्यालय राजपुरमा उजुरी दिँदा सई अरुण सिंह नेतृत्वको टोलीले पसलमा खानतलासी गर्दा सामानहरु सबै लिएर गइसकेको खुलेको हो । पहिलै देखि फरार रहेकाले घटना सुनियोजित भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । करिब ३० बर्ष अघिदेखि राजपुर चौकमा सुनचाँदी व्यवसाय गर्दै आएका ललन साहको छोरा प्रदीपले रिंकुसँग तीनबर्ष अघि हिन्दु परम्परा अनुसार बिहे गरेका थिए । गत बर्ष पहिलो सन्तानको रूपमा अस्पतालमा छोरीको जन्म भएलगत्तै शिशुको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी वीर बहादुर बुढामगरले घटनाको पुष्टि गर्दै सत्यतथ्य छानबिनको लागि भारतीय समकक्षीसँग कुरा भैरहेको जानकारी दिए ।साभार : रातोपाटी
बिहे गरेर भारत पुगेकी नेपाली चेली बेपत्ता, पीडित परिवार पुग्दा घरमा कोही भेटिएन
१० माघ २०७९, मंगलवार १२:२७0


सम्बन्धित समाचार
२० पुष २०७९, बुधबार ११:३३0
एमाले मधेश प्रदेश संसदीय दलको नेतामा यादव
जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेशको संसदीय दलका नेतामा सांसद सरोज यादव सर्वसम्मत चयन भएका छन् ।मंगलवार बेलुकीसम्म जनकपुरधाममा बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलका नेता चयन गरेको हो । उ
Read More
२८ असार २०७८, सोमबार १७:००0
सर्वाेच्चकाे फैसलाकाे कांग्रेस उपसभापति निधिद्वारा स्वागत
अदालतप्रतिको विश्वास र सम्मानमा वृद्धि भएको टिप्पणी
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्च अदालतले दिएको परमादेश र प
Read More
१३ माघ २०७९, शुक्रबार १७:५३0
नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज
काठमाडौं । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर सुनाएको छ ।
अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति
Read More
Comment here