समाज

बुद्धकाे जहाज आकाशमै हाेल्ड भएपछि महिला यात्रु बेहाेस

काठमाडौं । काठमाडौंबाट ६९ यात्रु लिएर नेपालगन्जका लागि उडेको बुद्ध एयरको जहाजका एक यात्रु जहाजमै बेहाेस भएका छन् । आज बिहान ७ बजेर ४४ मिनेटमा उडेको जहाज डेढ घन्टापछि ९ बजेर १८ मिनेटमा नेपालगन्ज अवतरण गरेको थियो ।जहाजमा रहेकी एक महिला यात्रु बेहोस अवस्थामा फेला परेको र उनको राँझामा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए ।बिहान ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने जहाज ल्यान्ड हुन नसकेपछि होल्डमा राखिएको सुरक्षानिकट स्रोतले जनाएको छ ।साभार : कोसी अनलाइन

Comment here