काठमाडौं । वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले घटाएको ब्याजदर आजदेखि लागू भएको छ ।वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घ, विकास बैंकर्स, नेपाल वित्तीय संस्था सङ्घले चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरे अनुसार बुधबारबाट लागू भएको हो ।चैत १ देखि निक्षेपमा शून्य दशमलब चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भए अनुसार ब्याजदर घटाइएको सङ्घका अध्यक्ष सुनिल केसीले बताए ।‘सबै संस्थाको निर्णय अनुसार आजैदेखि ब्याजदर घटेको छ’ उनले भने ।जसअनुसार बैंकहरुले कर्जामा आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेकामा अब एक प्रतिशत घटेर आधार दरमा पाँच प्रतिशतसम्म प्रिमियम दर कायम भएको छ । यस्तै निक्षेपतर्फको साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछन भने यसअघि साधारण बचतमा न्यूनतम ६ ४२ देखि अधिकतम ८४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो भने मुद्दती निक्षेपको ब्याजदर भने स्थिर छ, हालसम्म बैंकहरूले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन् ।संस्थागततर्फ ९ प्रतिशत र ‘रेमिट्यान्स’ मुद्दती खातामा १२ प्रतिशत नयाँ ब्याजदर तोकिएको छ ।यसैगरी विकास बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर शून्य दशमलव २५ प्रतिशतसम्म घटाएको छ भने एकवर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम गरेको छ।यसैगरी, चैतमा एकवर्षे वा सोभन्दा माथिको संस्थागत मुद्दती निक्षेपमा ९.६० प्रतिशत र साधारण बचतमा न्यूनतम ६.१० प्रतिशतदेखि आठ दशमलव ६० प्रतिशत ब्याजदर दिनेछन् ।उता, नेपाल वित्तीय संस्था सङ्घ (फाइनान्स) ले मुद्दती निक्षेपको ब्याज दर शून्य दशमलव २० प्रतिशतले घटाएको छ।सङ्घले तीन महिना माथिको निक्षेपको ब्याज दर शून्य दशमलव १५ प्रतिशत घटाउने निर्णय गरे अनुसार चैत १ गते देखी लागु हुने गरी ब्याजदर घटाएको हो ।फाइनान्स कम्पनीहरूले एक वर्षको मुद्दती निक्षेपमा १२ दशमलव १० प्रतिशत ब्याज दिँदै आएकामा चैत १ गतेदेखि ११ दशमलव ९० प्रतिशत ब्याजदर कायम भएको छ ।साभार : नेपाल प्रेस
बैंक तथा वित्तीय संस्थामा आजदेखि घटेको व्याजदर लागू, कसको कति छ ?
१ चैत्र २०७९, बुधबार १२:२१0


सम्बन्धित समाचार
२५ पुष २०७९, सोमबार ११:५६0
खानेपानी संस्थानको विज्ञापन नतिजा १२ वर्षपछि प्रकाशित
विराटनगर । परीक्षा लिएको १२ वर्षपछि नेपाल खानेपानी संस्थानले नतिजा प्रकाशित गरेको छ । २०६७ सालको विज्ञापनको नतिजा आज सार्वजनिक गरेको हो । सर्वोच्च अदालतको स्टेअर्डरका कारण रोकिएको नत
Read More
५ फाल्गुन २०७९, शुक्रबार २२:२०0
धनुषाको दुई पालिकामा बालबिबाह विरुद्ध घरदैलो सम्पन्न
जनकपुरधाम , फागुन ५ गते ।धनुषा जिल्लाको प्रायः हरेक वडामा हुने गरेको बाल विवाहलाई अन्त गर्न विभिन्न कार्यक्रमहरु संचालन भईरहेको बेला शुक्रबार दुई पालिकामा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । सामाजिक
Read More
९ मंसिर २०७९, शुक्रबार १२:२६0
महोत्तरी १ (ख) मा माओवादीका भरतप्रसाद साह विजयी
बर्दिबास। महोत्तरी १ (ख) मा नेकपा (माओवादी केन्द्र) का भरतप्रसाद साह विजयी हुन भएको छ । साह दुई हजार पाँच सय मतान्तरले विजयी हुन भएको हो । साहले आठ हजार ३७१ मत प्राप्त गनु भएको छ । उहाँका निकटतम प्रत
Read More
Comment here