समाज

बैशाख १ गतेमात्र फूल फुल्ने सलहेश फूलबारीमा मेला

काठमाडौं। नयाँ वर्ष अर्थात बैशाख १ गतेमात्र फूल फुल्ने सलहेश फूलबारीमा हेरक वर्ष बैशाख १ र २ गते मेला लाग्ने गरेको छ।सिरहा जिल्लाका राजा सलहेशको गाथासँग जोडिएका स्थान लहान बजारबाट पाँच किलोमिटर पश्चिम राजमार्गदेखि दक्षिण तर्फ रहेको सलहेश फूलबारीमा नयाँ बर्षको दिनमात्र फूल फुल्ने गरेको किम्बदन्ती छ । यो फूल हेर्न नेपाल र भारतबाट हजारौं भक्तजनहरु आउने गरेका छन् ।राजा सलहेशको गाथासँग जोडिएको सिरहा र उदयपुर जिल्ला भित्रमात्र आधा दर्जन स्थानहरु छन् । सिरहा सदरमुकामको महिसौथा, लहान नगरपालिका क्षेत्रमा पर्ने मानिकदह, सलहेश फूलबारी र पकडियागढ तथा धनगढीमाई नगरपालिकामा पर्ने सलहेश डाँडा र उदयपुरको बेलकागढी मुख्य रूपमा रहेका छन् ।दुसाध जातिको इष्ट देवताका रूपमा चिनिएका राजा सलहेशलाई सिरहा, सप्तरी, उदयपुर, धनुषा, महोत्तरी जिल्ला लगायत भारतको मिथिला क्षेत्रमा एक प्रतापी राजाको रूपमा चित्रित गरिन्छ ।साभार : डिसी नेपाल

Comment here