बटुकनाथ झा,
जनकपुरधाम असोज १० गते ।
धनुषा जिल्लाको सिमानाका हुदै लागु औषध तथा प्रतिन्धीत सामानहरुको ओसारपोसारको क्रम दिनानुदिन बढी रहेको अवस्थामा प्रहरीको सक्रियता बढेको छ । यसै क्रममा सशस्त्र प्रहरीले जिल्लाको महिनाथपुर नाकाबाट प्रतिबन्धीत लागु औषध ब्राउन सुगर सहित दुई जना पक्राउ गरेका छन् । भारतबाट नेपाल तर्फ आउदै गरेको स ६प ८०८६ नं.को मोटरसाइकलमा सवार सिरहा कर्जनहा नगरपालिका ३का महादेव मंडलले लगाएको हेलमेटमा लुकाएर राखेको अवस्थामा १६.८५ ग्राम ब्राउन सुगर पक्राउ गरिएको छ । उनिसंगै मोटराइकलको पटाडी बसेका सो नगरपालिका वडा नं. २ की अस्मिता खत्रीलाई समेत प्रहरीले पक्रउ गरेको छ । सशस्त्र प्रहरी बि.ओ.पी. महिनाथपुर कार्यालयको गेटमा खटेका सशस्त्र प्रहरी जवान बेचत अधिकारीले शंकाले लागेमा चेकजाँचको क्रममा पक्राउ गरेको सशस्त्र प्रहरीबल ८ नं. गण मुजेलियाका सुचना अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेका दुई जनालाई ईलाका प्रहरी कार्यालय खजुरी मार्फत जिल्ला प्रहरी कार्यालय धनुषामा पठाएको छ । पक्राउ गरेका दुई जनालाई सोधपुछ गरी आवश्यक अनुसन्धान भईरहेको धनुषा प्रंहरीले जनाएको छ ।
Comment here