काठमाडौं । ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ ।
रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आज बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि हात पारेको हो ।
अर्जेन्टिनाको लागि खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गरेकाे एक मात्र गोल नै अर्जन्टिनाका लागि बरदान सावित भएकाे थियाे ।दाेस्राे हाफकाे खेलमा ब्राजिले पनि गाेल हानेकाे थियाे तर त्यसलाइ अफसाइड भन्दै मान्यता दिएन ।खेल निकै प्रतिस्पर्धात्मक भएकाे थियाे ।
साभार : स्पेसखबर
Comment here