जनकपुरधाम ६ गते भदौँ । स्थानिय तहको निर्वाचनमा निर्वाचित भएका महिला जनप्रतिनिधिहरुको नेतृत्व र लैँगिक समानता सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम महोत्तरीको भंगहा नगरपालिकामा माण्डवीले सम्पन्न गरेको छ । महिला समानताको लागि काम गर्दै आएको माण्डवीले भंगहा नगरपालिकामा लैँगिक समानता र निर्वाचित महिला जनप्रतिनिधिहरुको राजनितिक सहभागिता तथा निर्णय प्रक्रियामा मेयर र अध्यक्षको भुमिका विषयमा सो अन्तरक्रिया गरेको माण्डवीका धनुषा महोत्तरी कार्यक्रम अधिकृत प्रियंका ठाकुरले जानकारी दिनुभयो । भंगहा नगरपालिकाका उपप्रमुख शान्ती कुमारी सिँहको प्रमुख आतिथ्यमा भएको सो अन्तरक्रियामा कार्र्यपालिकाका सदस्यहरु, योजना अधिकृत विजय कुमार यादव लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । अन्तरक्रियामा माण्डवीका प्रशिक्षक पार्वती भट्टराईले सहभागी वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा महिला जनप्रतिनिधिहरुलाई संस्थाको कार्यक्रमका बारेमा जानकारी गराउदै महिला नेतृत्व र लैंिगक समानता विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । स्थानीय तहको निर्वाचन सम्पन्न भईसकेको अवस्थामा नव निर्वाचित महिला जनप्रतिनिधिहरुलाई शसक्त बनाउने अभियानमा लागेका माण्डवीले स्वीस सरकार विकास सहयोग एसडीसी तथा अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा आईएफईएसको प्राविधिक सहयोगमा महिला जनप्रतिनिधिहरुको क्षमता अभिृबृद्धिका क्षेत्रमा काम गरिरहेकोछ ।
भंगहामा माण्डवीको महिला नेतृत्व र लैंगिक समानता सम्बन्धी अन्तरक्रिया सम्पन्न
६ भाद्र २०७९, सोमबार १७:३१0


सम्बन्धित समाचार
१९ भाद्र २०७८, शनिबार १९:१६0
अटो गाडीसहित ७५ लाख मूल्यको औषधि बरामद
जनकपुरधाम । सिरहाको लहान नगरपालिका–१९ कटहा चौकबाट प्रहरीले अटो गाडीसहित ७५ लाख रुपैयाँभन्दा बढीको औषधी बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय लहानबाट खटेको प्रहरी टोलीलाई देखेर लु १ स ८००७ नम्बरको अटोल
Read More
१६ मंसिर २०७९, शुक्रबार २०:३१0
मतदाताले विस्वास गरेका महिला नेतृत्व
बटुकनाथ झा, जनकपुरधाम १६ गते मंसिर | गत मंसिर ४ गते भएको प्रतिनिधी तथा प्रदेश सभा सदस्यका लागि धनुषा लगायत देशभरी सम्पन्न निर्वाचनको मतपरिणाम आईसकेका छन् । यस मतपरिणामलाई हेर्दा संसद भवनमा धेरै नयाँ
Read More
८ कार्तिक २०७८, सोमबार १२:२६0
काठमाडाैंकाे सिनामंगलबाट ११ अफगानी नागरिक पक्राउ
सिनामंगलबाट प्रहरीले ११ जना अफगानी नागरिकहरुलाई पक्राउ गरेकाे छ ।प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले सिनामंगलस्थित एक घरबाट उनीहरूलाई सोमबार बिहान नियन्त्रणमा लिएकाे हाे ।उनीहरुलाई अध्यागमन विभागलाई
Read More
Comment here