समाजस्वास्थ्य

भारतमा जनवरीदेखि स्वास्थ्यकर्मी तथा ६० वर्षमाथिका सबैलाई बुस्टर डोज

एजेन्सी ।भारतमा स्वास्थ्यकर्मी तथा ६० वर्षमाथिका सबैलाई बुस्टर डोज दिइने भएको छ ।देशमा ओमिक्रोनको सङ्क्रमण बढेसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० जनवरीदेखि स्वास्थ्यकर्मी र ६० वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज दिइने जानकारी गराएका हुन् । त्यस्तै, १५ वर्षदेखि १८ वर्षसम्मका बालबालिकालाई जनवरी ३ देखि खोप दिइने र स्वास्थ्यमा समस्या भएका ६० वर्षभन्दा माथिकालाई डाक्टरहरूको परामर्शमा बुस्टर डोज दिइने भएको छ ।सावधानीको दृष्टिकोणबाट, स्वास्थ्य सेवा र अग्रपंक्तिमा काम गर्नेहरूले बुस्टर खोप लिन थाल्नुपर्ने सरकारले निर्णय गरेको प्रधानमन्त्री मोदी बताएका हुन् । भारतमा हालसम्म चार सय २२ जनामा ओमिक्रोन सङ्क्रमित पुष्टि भएको छ । भारतमा ८८ प्रतिशतले कम्तिमा पनि खोपको एक डोज र ६१ प्रतिशतले खोपको दुवै डोज लिइसकेका छन् ।  प्रधानमन्त्री मोदीले नागरिकहरूलाई मास्क लगाउन जारी राख्न र अन्य कोभिड १९ का प्रोटोकलहरू पालना गर्न आग्रह गरेका छन् । – रिउटर्स 

Comment here