समाज

भारतमा कोरोनाको तेस्रो लहर: एकैदिन २ लाख ७१ हजार संक्रमित

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको तेस्रो लहर शुरु भएको छ । हरेक दिन कोरोनाको संक्रमण फेरी बढेपछि तेस्रो लहर शुरु भएको विज्ञहरुले बताएका छन् ।भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार २०२ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ भने ३१४ जनाको मृत्यु भएको छ ।भारतमा दैनिक संक्रमित दर परिक्षण गरिएको संख्याको १६.२८ प्रतिशत रहेको छ । त्यस्तै भारतमा एकै दिन एक लाख ३८ हजार ३३१ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ ।त्यस्तै भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका केसहरू पनि बढिरहेका छन् । अहिलेसम्म भारतका २७ राज्यमा ओमिक्रोन भेरिएन्टका ७७४३ केसहरू रिपोर्ट गरिएको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म ओमिक्रोनबाट एक जनाको मृत्यु भएको छ । योसँगै भारतमा सक्रिय कोरोना संक्रमितको कुल संख्या १५ लाख नाघेको छ । अहिले भारतमा १५ लाख ५० हजार ३३७ कोरोनाका सक्रिय केस रहेका छन् ।हालसम्म कोरोना संक्रमणबाट कूल ४ लाख ८६ हजार ६६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Comment here