काठमाडौं । भारतीय चर्चित तथा हिपहप गायक हनी सिंह पहिलो पटक नेपाल आउने भएका छन् । सिंह चैत २५ गते (अप्रिल ८) काठमाडौँको बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुने छन् ।युनिफाइ नेपालको आयोजनामा हुने सांगीतिक कार्यक्रममा सिंहले सहभागिता जनाउने आयोजकले जनाएका छन् । ह्यातमा हुने उनको कार्यक्रमको टिकटको सबै मूल्य सम्बन्धी जानकारी ई(सेवामा राखिएको युनिफाई नेपालका रविन श्रेष्ठले जानकारी दिए ।‘साधारण टिकटको १ हजारदेखि माथि र भीआइपी टिकटको २ हजार रुपैयाँ भन्दा बढी हुन सक्नेछ । अहिले सम्पूर्ण टिकटको मूल्य निश्चित भइसकेको छैन,’ उनले भने,’ प्रि बुकिङका लागि सम्पूर्ण टिकट इ-सेवाबाट प्राप्त गर्न सकिन्छ ।’सिंहका चर्चित गीत ब्लु आइज, धिरे धिरे र चार बोतल भोडका लगायतका गीतहरू चर्चित छन् । उनले नेपालमा हुने सांगीतिक कार्यक्रममा आफ्नो चर्चित गीतहरूको प्रस्तुती दिने श्रेष्ठले जानकारी दिए ।युनिफाइ नेपालका रविन श्रेष्ठ, रितेश मारवाडी र एल्भिस रन्जीतसँगको भेटमा सिंहले नेपाल जान आतुर रहेको बताएका थिए । ‘ नेपाल भारतको छिमेकी मुलुक भएकाले पनि मलाई धेरै मनपर्छ । चाँडै नेपाल आउँदैछु,’ सिंहको भनाइ उद्त गर्दै श्रेष्ठले भने ।सिंह भारतमा संगीत कम्पोजर, र्यापर, गायक, गीतकार र अभिनेताका रुपमा समेत परिचित छन् । उनले सन् २००३ देखि रेकर्डिङ कलाकारको रूपमा आफ्नो करियर सुरु गरेका थिए । उनी सांगीतिक क्षेत्रमा लागेपछि भांग्रा र हिप हप गीत पनि गाएका छन् ।सिंह आफ्नै गीतले सफल भएपछि उनले बलिउडका लागि पनि गीत गाएका छन् । सन् २०१२ मा पन्जाबी फिल्म ‘अन टोल्ड स्टोरी’ मा उनले अभिनय गरेका छन् ।साभार : नेपाल प्रेस
भारतीय गायक हनी सिंह सांगीतिक कार्यक्रममा सहभागी हुन काठमाडौं आउँदै
२९ फाल्गुन २०७९, सोमबार १२:१८0


सम्बन्धित समाचार
३० आश्विन २०७९, आईतवार १२:१५0
सत्यमोहन जाेशीको शरीर नजलाइने, अध्ययनका लागि किष्ट अस्पतालमा राखिने
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर नजलाई राखिने भएको छ । किष्ट मेडिकल कलेजले शरीर नगल्ने केमिकल प्रयोग गरेर अध्ययनका लागि राख्ने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानका
Read More
३ आश्विन २०७८, आईतवार १२:३३0
संविधान दिवसमा भारतका प्रधानमन्त्रीको शुभकामना
काठमाडौं । नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हार्दिक शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री म
Read More
८ फाल्गुन २०७९, सोमबार १८:३७0
जानकी महिला सञ्जाल धनुषामा नयाँ कार्यसमिति
जनकपुरधाम, ८ गते फागुन । महिला अधिकार दाइजो तथा बालविवाह विरुद्ध क्रियाशिल संस्था जानकी महिला सञ्जाल धनुषाको तेस्रो वार्षिक साधारण सभाबाट सोमबार नयाँ कार्यसमिति चयन भएको छ । जनकपुरधाम उपमहानग
Read More
Comment here