समाज

भुइँचालोले भोजपुरमा दुई घर भत्कायो

काठमाडौं । भूकम्पबाट भोजपुरको भोजपुर नगरपालिका -१२ टक्सारमा दुई घर भत्केको छ ।आइबार बिहान ८ बजेर १३ मिनेटमा खोटाङको मार्तिमविर्ता केन्द्रविन्दु बनाएर गएको भूकम्पले भोजपुरका स्थानीय प्रमोद हलवाईको घर भत्किएको छिमेकी सागर उदासले जानकारी दिए । उनका अनुसार उक्त घर २०७२ काे  भूकम्पले  चर्काएकाे थियाे ।जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार हाल सम्म क्षतिको विवरण आइसकेको छैन ।आज बिहान खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।साभार : नेपाल प्रेस

Comment here