चिनियाँ खाेप ‘भेरोसेल’को पहिलो मात्रा लगाएकाहरुलाई यही असार २२ गतेबाट दोस्रो मात्रा खोप लागाइने भएको छ ।सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाएको थियो ।
करिब तीन लाख ७० हजार नागरिकले पहिलाे चरणकाे खाेप लगाएका थिए । अघिल्लाे पटक भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउने छन् ।
भेरोसेलको पहिलो मात्रा खोप लगाएका जुनसुकै उमेर समूहकाले दोस्रो मात्रा खोप लाउन पाउने छन् तर त्यसका लागि उनीहरूले पहिलो मात्रा खोप लगाएको कार्ड देखाउनु पर्ने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले बताए ।
साभार : स्पेस खबर
Comment here