काठमाडौं। कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि लगाउन सुरु गरिएकाे छ ।भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजदेखि दोस्रो मात्रा लगाउन सुरू गरिएकाे हाे ।
गत जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर करिब तीन लाख ७० हजार जनालाइ भेरोसेल खोपको पहिलो मात्रा लगाइएकाे थियाे। भेरोसेलको पहिलो मात्रा लगाएका तर विविध कारणले दोस्रो डोज लगाउन छुटेका नागरिकलाई समेत यसपटक दोस्रो मात्रा दिइने छ ।
स्वास्थ्य मन्त्रालयले काठमाडौंका सबै स्थानीय तहमा खोप केन्द्र तोकेको छ । दोस्रो डोज खोप असार २४ गतेसम्म दिइने कार्यालयले जनाएको छ । जनस्वास्थ्यका मापदण्ड पालना गरेर आफूलाई पायक पर्ने केन्द्रबाट खोप लिन कार्यालयले अनुरोध गरेको छ ।
साभार : स्पेस खबर
Comment here