समाज

भौतिक निर्माणमा पहुँचयुक्तता परीक्षण सम्बन्धी प्राविधिक तालिम सुरु

जनकपुरधाम फागुन १५ गते । अपाङगता भएका व्यक्तिहरुलाई भौतिक संरचनामा पहुँच बढाउन इंजिनियरहरुलाई तिन दिने प्रविधिक तालिम जनकपुरधाममा सुरु भएको छ । राष्ट्रिय अपाङग महासंघ नेपालको आयोजनामा सुरु भएको सो प्राविधिक तालिमको पहिलो दिन अपाङगता भएका व्यक्ति तथा इंजिनियरहरुलाई पहुँचयुक्त संरचना निर्माणका विश्वव्यापी सिद्धान्तका बारेमा जानकारी गराइएको महासंघका प्रदेश संयोजक किरण पासमानले जानकारी दिनुभयो ।तालिमको पहिलो दिन संघका मिलन बगाले तथा बिमल बस्नेतले सो सिद्धान्तका बारेमा प्रस्तुतिकरण र प्रयोगात्मक अभ्यास तथा भिडियो प्रस्तुतिकरण गर्नुभएको थियो । तिन दिन सम्म हुने सो तालिममा सहभागी इंजिनियरहरु भौतिक संरचना निर्माण गर्दा अपाङगता भएकाहरुको नजरले समेत ध्यान दिएर नक्सा बनाउनुका साथै भौतिक संरचना निर्माण गर्न विभिन्न चरणको तालिम प्रदान गरिने आयोजकले जनाएको छ ।

Comment here