जनकपुरधाम । जनकपुरधाम एभिन्यूज टिभिका जनकपुरधाम समाचारदाता सुजीतकुमार झालाई मकेश्वरबाबू उत्कृष्ठ सामाजिक सेवा पुरस्कारले आज सम्मानित गरिएको छ । जनकपुरधामको समाजिक क्षेत्रका अग्रणी व्यक्तित्व मकेश्वरप्रसाद सिंहको नाउँमा स्थापित सो पुरस्कार सिंहको १२ स्मृति दिवसको अवसरमा प्रदान गरिएको छ । पुरस्कारमा ५१ सय ५ नगद, प्रमाणपत्र र दोसल्ला रहेको छ । पत्रकारिता र मैथिली साहित्यको माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सो पुरस्कार प्रदान गरिएको छ । अढाइ दशकदेखि नेपाली पत्रकारितामा सक्रिय रहेका पत्रकार झाको मैथिली भाषामा १५ वटा पुस्तक प्रकाशित रहेको छ । झा मैथिली, समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर समेत गरेका छन । विकास पुरुष मकेश्वर बाबू सामाजिक प्रतिष्ठानका अध्यक्ष रीतेशकुमार सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजसेवी अमरचन्द्र अनिल, नेकपा एस का पोलिटव्यूरो सदस्य श्रीप्रसाद साह, जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाशचन्द्र साह, सम्मानित हुने पत्रकार सुजीतकुमार झा लगायतका वक्ताहरुले बोलेका थिए ।
मकेश्वरबाबू उत्कृष्ठ सामाजिक सेवा पुरस्कारवाट पत्रकार सुजीत झा सम्मानित
६ पुष २०७९, बुधबार १७:३८0


सम्बन्धित समाचार
२८ फाल्गुन २०७८, शनिबार १७:०२0
कोरोना अपडेट : ७३ जनामा कोरोना संक्रमण, १ सय संक्रमणमुक्त
काठमाडौं । नेपालमा शनिबार थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको २ हजार २ सय ३८ पीसीआर परीक्षण गर्दा ३० जना र २ हजार ८ सय २४ एन्टीजेन परिक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको
Read More
२९ कार्तिक २०७९, मंगलवार १२:०८0
सीमामा सुरक्षा व्यवस्था कडाइ, कुकुर पनि परिचालन
वीरगञ्ज। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रशासनले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेको छ। सीमावर्ती सहर रक्सौलबाट नेपाल प्रवेश गर्ने मुख्य नाकामा तालिम प्राप्त कुकुर प्रयोग गरेर चेक
Read More
२९ पुष २०७९, शुक्रबार ११:५५0
जेडीयूका पूर्व अध्यक्ष शरद यादवको निधन
एजेन्सी । भारतको जनता दल युनाइटेड (जेडीयू) का पूर्व अध्यक्ष तथा पूर्व केन्द्रीय मन्त्री शरद यादवको गुरुग्रामको फोर्टिस अस्पतालमा निधन भएको छ । उनी ७५ वर्षका थिए । शरद यादवकी छोरी तथा कांग्रेस नेतृ सु
Read More
Comment here