जनकपुरधाम फागुन १५ गते । लैँङिगक समानताका साथै महिला नेतृत्वलाई सवल बनाउने अभियानमा रहेका माण्डवीले सोमबार जनकपुरधाममा शी लिड्स परियोजनाको जिल्ला परियोजना सल्लाहकार बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष राजनन्दन मण्डलको अध्यक्षतामा भएको सो बैठकमा परियोजना संचालित धनुषाका ६ पालिकाका प्रमुख, उपप्रमुख तथा धनुषामा सक्रिय पार्टीका जिल्ला नेतृत्वले परियोजनाका बारेमा टिप्पणी गरेका छन् । सहभागीहरुले परियोजना संचालन भएका पालिकाहरुका निर्वाचित महिला जनप्रतिनिहिरुमा नेतृत्व विकासको क्रम बढेको बताउदै यसले महिलालाई रानजीतिक अधिकारका लागि सवल बनाईरहेको बताएका थिए ।गणेशमाचारनाथ नगरपालिकाका मेयर जितनारायण यादवले आफ्नो पालिकामा माण्डवीका कारण माहिला जनप्रतिनिधिको क्षमता विकास भएको बताउनु भयो । बैठकमा सहभागी क्षिरेश्वरनाथ नगरपालिकाका उपप्रमुख रचना माथेमाले माण्डवीको शी लिड्स परियोजनाको कारण विगतमा केहि पनि बोल्न नसक्ने महिला जनप्रतिनिधिहरु ऋाज बैठकमा आफ्नो क्ुरा निर्धक्क राखिरहेको बताउनु भयो । परियोजना संचालित मुखियापट्टीमुसहरनियाँ गाउँपालिकाका अध्यक्ष जय कुमार यादवले आफु पनि विभिन्न बैठकमा सहभाग्ी भएको बताउदै यसले महिला नेतृत्वलाई क्षमता अभिबृद्धिका सहयोग गरेको बताउनु भयो । बैठकमा बोल्दै नेपालमा एमालेका नेतृ तथा मिथिला नगरपालिकाका पुर्व उपप्रमुख ताराबस्नेत लामाले परियोजनाले महिला जनप्रतिनिधिको क्षमता विकास गरेपनि समाजका रहेका अनपढ महिलालाई साक्षर बनाउन र महिलालाई सक्षम बनाउन पालिकाले शैक्षिक नितीका साथै अन्य कार्यक्रमहरु ल्याउनु पर्ने आवश्यक्ता औल्याउनु भयो । सो बैठकमा बोल्दै माण्डवीका अध्यक्ष अञ्जु झाले यो परियोजना निर्वाचित महिलाको नेतृत्व विकास संग सम्बन्धी मात्र रहेकाले ति बाहेकका काम गर्न पालिकाले थप योजना ल्यउनु पर्ने बताउनु भयो । निर्वाचित महिला जनप्रनितिहिरु संग सम्बन्धी नेतृत्व विकासको काम आफुहरुले विगत दुई वर्ष देखि गरिरहेको बताउदै उहाँले अगामी पाँच वर्ष सम्म उहाँहरुको नेतृत्व विकासका क्षेत्रमा आफुहरु काम गर्ने बताउनु भयो । सो बैठकमा विभिन्न पार्टी जिल्ला अध्यक्षहरु, माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका प्रशिक्षकहरु बेदबहादुर घिमिर, संझना वर्मा, पार्वती भट्टराई, परियोजनाका कार्यक्रम अधिकृत अरविन्द चौधरी, अमृता लामा लगायतका प्रतिनिधि, पत्रकारहरुको उपस्थिती रहेको थियो । स्वीस सरकार विकास सहयोग एसडीसी एवम् अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा आईएफईएसको प्राविधिक सहयोगमा धनुषा जिल्लाका ६ वटा पालिका तथा मधेश प्रदेशका पाँच वटा जिल्लामा शी लिड्स महिला नेतृत्व परियोजना संचालित छन् ।
मण्डवीको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
१५ फाल्गुन २०७९, सोमबार १७:३७0


सम्बन्धित समाचार
२६ श्रावण २०७८, मंगलवार १३:११0
बार्सिलोनालाई जोन ग्याम्पर उपाधि
एजेन्सी, क्याटलान । क्याटलान क्लब बार्सिलोनाले इटालियन प्रतिद्वन्द्वी युभेन्ट्समाथि ३–० को सहज जित निकाल्दै आफैंले बर्सेनि आयोजना गर्ने जोन ग्याम्पर ट्रफीको उपाधि जितेको छ । नोउ क्याम्पबाट आफ्ना लेजे
Read More
३१ जेष्ठ २०७८, सोमबार १२:४८0
कांग्रेसका पूर्वसांसद अधिकारीको निधन
नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ । विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगले थलिएर ओछ्यानमै रहेका अधिकारीलाई कोभिड सङ्क्रमण देखिएपछि जेठ
Read More
४ असार २०७८, शुक्रबार १७:४७0
प्रदेश प्रमुख झाले घरमै पुगेर गरे पुर्वमेयर मिश्रलाई सम्मान
जनकपुरधाम | लामो समय देखि विरामी हुनु भएको जनकपुरधामका पुर्व भेयर राजदेव मिश्रलाई उहाँको घरमै गएर प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झा अहिराजलेसम्मान गर्नु भएको छ । उहाको घरमै पुगेर झाले गम्छा ओड
Read More
Comment here