जनकपुरधाम । लामो समय पत्रकारिता क्षेत्रमा कार्यरत मधेश प्रदेशका ११ जना पत्रकार दीर्घ सेवा सम्मानबाट सम्मानित हुनुभएको छ । मङ्गलबार जनकपुरधाममा आयोजित प्रेस युनियन प्रदेश कार्यसमिति पदस्थापन समारोहको अवसरमा सम्मानित हुनुभएको हो ।प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको प्रमुख आतिथ्यमा मधेश प्रदेशका आठ वटै जिल्लामा लामो समय पत्रकारिता क्षेत्रमा कार्यरत ११ जना वरिष्ठ पत्रकारलाई दीर्घ सेवा सम्मानबाट सम्मानित गरिएको हो । सम्मानित हुनेमा सप्तरीका गणेशलाल देव र धिरेन्द्रप्रसाद साह, सिराहाबाट सन्तोष सुवेदी, धनुषाबाट रामभरत साह र शैलेन्द्र झा, महोत्तरीबाट कृष्णचन्द्र मिश्र, सर्लाहीबाट अमन कोइराला, रौतहटबाट शिव पुरी, पर्साबाट कन्हैयालाल केशरी र दीपेन्द्र चौहान, बाराबाट गुरुप्रसाद गौतम रहनुभएको छ । प्रेस युनियन धनुषा शाखाको अातिथ्यमा आयोजित पदस्थापन समारोहमा सो सम्मानित गरिएको छ । युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, युनियनका नेता रामजी दाहाल, केन्द्रीय उपाध्यक्ष अनिलकुमार कर्ण, कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार, पत्रकार महासङ्घ मधेश प्रदेशका अध्यक्ष राजेशकुमार कर्ण, आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासलगायतको उपस्थिति थियो ।साभार : गोरखापत्र
मधेशका ११ जना पत्रकारलाई दीर्घ सेवा सम्मान
१७ फाल्गुन २०७९, बुधबार ११:५८0


सम्बन्धित समाचार
२७ पुष २०७९, बुधबार १५:४८0
डि.आर.टी बी होस्टलका बिरामीलाईस्वास्थ्य सामाग्री हस्तान्तरण
जनकपुरधाम, २७ गते पुस । जनकपुरधाममा रहेको डि.आर.टि.बी होस्टेलका विरामीहरुलाई बुधबार स्वास्थ्य तथा चिसोबाट बच्न विभिन्न सामानहरु वितरण गरिएको छ । बिराट नेपाल मेडिकल ट्रष्टले अमेरिकेयर्सको समन्वयमा जिल
Read More
६ फाल्गुन २०७८, शुक्रबार ११:५५0
वैशाखभित्र नयाँ शैक्षिक सत्र : शिक्षामन्त्री पाैडेल
काठमाडाैं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी वैशाखबाटै नयाँ शैक्षिक सत्र सुरु गरिने र जेठ १ गतेबाट कक्षा सञ्चालन हुने बताएका छन्। शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालय काठमा
Read More
१२ माघ २०७९, बिहीबार १२:१८0
आज श्रीपञ्चमी : सरस्वतीको पूजा गरी मनाइँदै
काठमाडौं । आज ‘श्रीपञ्चमी’ विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । हरेक वर्ष माघशुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्
Read More
Comment here