जनकपुरधाम । मधेश प्रदेशमा जनमत पार्टीबाट मन्त्री बनेका बसन्त कुशवाहाले भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय स्वीकार गर्ने भएका छन् ।प्रदेशका सत्ता साझेदार दलहरुबीच जनमत पार्टीबाट विना विभागिय मन्त्रीको शपथ लिएका कुशवाहालाई सामाजिक विकास मन्त्रालय दिने सहमति भएको थियो । तर बिहीबार प्रदेश प्रमुख कार्यालयले कुशवाहालाई कृषि मन्त्रालय तोकेपछि जनमत पार्टीका सांसदहरु असन्तुष्टि जनाएका थिए ।स्रोतका अनुसार मुख्यमन्त्री सरोज कुमार यादवसंगको छलफल पश्चात जनमतका मन्त्री कुशवाहाले कृषि मन्त्रालय स्वीकार्ने निर्णय लिएका छन् । उनले आजै पदभार ग्रहण गर्ने बुझिएको छ ।मधेश प्रदेशमा १० मन्त्रालय छ । जसमध्ये नेकपा एमालेका सरोज कुमार यादव भौतिक पूर्वाधार विकास मन्त्रालय र जसपाका संजय यादव अर्थ मन्त्रालय पाएका छन् । अन्य ७ मन्त्रालय मुख्यमन्त्री यादवले स्वयं राखेका हुन् ।केन्द्रका सत्ता साझेदार दलका शीर्ष नेताहरुले नै मन्त्रालय बाँडफाँड गर्ने भएकाले मन्त्रीपरिषद् विस्तार अनिश्चित बनेको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र प्रदेशमा सरकारलाई समर्थन गरेको लोसपा पनि मन्त्री पठाएको छैनन् ।साभार : नेपाल प्रेस
मधेशमा जनमतका मन्त्री कुशवाहाले स्वीकारे कृषि मन्त्रालय
१३ माघ २०७९, शुक्रबार १२:४०0


सम्बन्धित समाचार
२६ आश्विन २०७९, बुधबार १९:२०0
एमाले – जसपा गठबन्धन लोकतन्त्र विरोधी : नेता यादव
धनुषा, असोज २६ गते । नेपाली काँग्रेसका सह महामन्त्री महेन्द्र यादवले एमाले सँग गठबन्धन गरेर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव संघीयता विरोधी रहेको कुरा सावित भएको बताउनु भएको छ । धनुषा निर्वाचन क्षे
Read More
३० श्रावण २०७९, सोमबार २०:४२0
पुस्तकालयको निर्वाचनको मतगणनामा धान्धली भएको जनकको आरोप
जनकपुरधाम, ३० गते साउन । जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियामा रहेको राधाकृष्ण सार्वजनिक पुस्तकालयमा भएको निर्वाचनको मतगणनामा धान्धली भएको भन्दै कोषाध्यक्षका उम्मेदबार प्रभासकुमार राय जनकले निवेदन द
Read More
११ माघ २०७८, मंगलवार १५:३९0
मिनपा २ मा खानेपानीका क्षेत्रमा बढी काम गरे : वडासदस्य सावित्री देवी महतो
बटुकनाथ झामाघ ११ गते जनकपुरधाम ।धनुषाको मिथिला नगरपालिका वडा नं. २ की वडा सदस्य सावित्री देवी कुसवाहा आफ्ना वडाबासीका समस्याहरुको समाधानका लागि सक्रिय रहेकी छिन । मिथिला नगरपालिकाको अधिकांश क्षेत्रमा
Read More
Comment here