जनकपुरधाम । मधेश प्रदेशसभाको आज बस्ने बैठकमा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची छ । नवनिर्वाचित प्रदेशसभाको आज १ बजे बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नामहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । गत बुधबार मुख्यमन्त्री नियुक्त हुनुभएका यादवले शुक्रबार (पुस २९ गते) पद तथा गोपनीयताको शपथ लिनुभएको थियो भने सभामुखमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का रामचन्द्र मण्डल र नेपाली कांग्रेसका तर्फबाट जङ्गीलाल राय प्रतिस्पर्धामा हुनुहुन्छ ।एक सय सात सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि ५४ मत आवश्यक पर्छ । प्रदेशसभामा रहेका १० राजनीतिक दलमध्ये नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), राप्रपा र नेपाल सङ्घीय समाजवादी पार्टी (एक–एक) सहित दुई स्वतन्त्र गरी ६३ जनाको समर्थन छ । यादवलाई नौ जना प्रदेशसभा सदस्य रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि समर्थन गर्ने तयारी गरेकाले त्यो सङ्ख्या बढेर ७२ पुग्ने जसपाको दाबी छ ।साभार : गोरखापत्र
मधेश प्रदेशः आज सभामुख निर्वाचन
३ माघ २०७९, मंगलवार ११:५२0


सम्बन्धित समाचार
३ कार्तिक २०७९, बिहीबार ११:५१0
कांग्रेसकाे चुनाव प्रसार र केन्द्रीय परिचालन समितिमा थप सदस्य मनाेनित (सूचीसहित)
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९, केन्द्रीय प्रचार प्रसार समितिमा १३३ जना सदस्यहरु मनोनित गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २
Read More
८ फाल्गुन २०७८, आईतवार १२:५६0
नयाँ फिल्ममा फुड डेलिभरी ब्वाइ बन्दै कपिल शर्मा
काठमाडौं । भारतीय कमेडियन कपिल शर्माले नयाँ चलचित्र साइन गरेका छन् । चलचित्र ‘किस किसको प्यार करुँ’ र ‘फिरङ्गी’पछि कपिल नयाँ चलचित्रबाट दर्शकमाझ आउन लागेका हुन् ।नन्दिता दासको निर्देशनमा बन्ने नयाँ च
Read More
६ असार २०७८, आईतवार १७:४०0
पूर्ब सञ्चार राज्यमन्त्री बिष्टको कोरोनाबाट निधन
नेपाली कांग्रेसका नेता एंव पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको कोरोना संक्रमणबाट निधन भएको छ।
पारिवारिक स्रोतका अनुसार ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान बिष्टको निधन
Read More
Comment here