समाज

मधेश प्रदेशको पहिचान स्थापित भएको छः राजेन्द्र महतो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको बधाई दिएका छन् ।आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको जनकपुर राजधानी भएको भन्दै उनले खुसी व्यक्त गरेका छन् ।‘मधेश आन्दोलनको उद्गम स्थल, मेरो निर्वाचन क्षेत्र समेत रहेको जगत जननी माता जानकीको जन्मभूमि ‘जनकपुरधाम’ प्रदेशको स्थायी राजधानी र प्रदेशको नाम ‘मधेश प्रदेश’ प्राप्तीको यस सुखद अवसरमा सम्पुर्ण क्षेत्रवासी, प्रदेशवासी तथा देशवासीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’ उनले भनेका छन् ।यि महत्त्वपूर्ण दुईवटै सफलतामा आफ्नो पार्टीको पनि प्रस्ताव र समर्थन रहेको उनले बताए ।उनले राजधानी ‘जनकपुरधाम र नाम ‘मधेश प्रदेश’को पक्षमा मतदान गर्ने सम्पूर्ण राजनीतिक दल र प्रदेशसभा सदस्यमा धन्यवाद दिएका छन् ।‘दशकौको मधेश आन्दोलन र संर्घष, मधेशी शहिदको सपना मधेश प्रदेशको पहिचान आज स्थापित भएको छ भने ति सम्पूर्ण आन्दोलन तथा संर्घषमा अहम भूमिका निर्वाह गरेको पावन भुमि जनकपुरधामको पनि सम्मान भएको छ ‘ उनले भनेका छन् ।अव मधेश प्रदेशको मुख्य आर्थिक केन्द्र बिरगंजसहित सवै जिल्लाको केन्द्र, शहर, पालिका तथा वडाहरुको समुचित विकासका लागि सबै दल र नेताहरु सकारात्मक रुपमा काम गर्दै समाजिक रुपान्तरणका लागि एकजुट हुने विश्वास रहेको उनले बताएका छन् ।साभार : डिसी नेपाल

Comment here