ढल्केबर । मधेश प्रदेश सरकारले चालू आव २०७९/८० को पुस मसान्तसम्ममा कुल विनियोजित बजेटको ८ प्रतिशत मात्र खर्च गर्न सकेको छ । मधेश प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राधेश्याम गिरीका अनुसार मधेश प्रदेश सरकारले छ महिनामा चालू तथा पुँजीगत खर्च गरेर तीन अर्ब ६६ करोड ९५ लाख रुपियाँ खर्च भएको छ । यसअनुसार बाँकी छ महिनामा ४३ अर्ब २१ करोड १३ लाख ८० हजार ३२९ रुपियाँ खर्च गर्न सक्नुपर्ने देखिएको छ ।चालू आर्थिक वर्षमा मधेश प्रदेशको कुल बजेट ४६ अर्ब ८८ करोड नौ लाख रुपियाँ छ, जसमध्ये चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार रुपियाँ छ । वित्तीय व्यवस्थापनतर्फ १६ करोड ६४ लाख ५६ हजार रुपियाँ बजेट विनियोजन गरेको छ । खर्च भएको रकममध्ये अधिकांश बजेट चालूतर्फको छ जसमा कर्मचारीको तलब, भत्ता तथा कार्यालय सञ्चालन समावेश हुन्छ । खास गरेर तीनै तहका निर्वाचनसहित विभिन्न कारणले यस पटक विकास खर्च कम भएको प्रदेश सरकारको दाबी छ । साभार : गोरखापत्र
मधेश प्रदेशमा आठ प्रतिशत मात्र खर्च
१९ माघ २०७९, बिहीबार ११:५२0


सम्बन्धित समाचार
२७ माघ २०७९, शुक्रबार १५:२१0
उपमहानगरपालिकाद्वारा सुविधा सम्पन्न आधुनिक पार्किङ्ग स्थलको शिलान्यास
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधाममा ट्राफिक व्यवस्थापनका लागि आधुनिक पार्किङ्ग स्थलको निर्माण अगाडि बढाएको छ । जनकपुरधाम उपमहानगरपालिकाद्वारा वडा नंं ८ दशरथ मन्दिर नजिक रहेको करिब १२ क
Read More
१५ फाल्गुन २०७९, सोमबार १२:२८0
धनुषामा बलात्कार आरोपी प्रहरीकै गाडीबाट फरार
जनकपुरधाम । धनुषामा प्रहरीकै गाडीबाट फेरी एक थुनुवा फरार भएका छन् । बलात्कार मुद्दाका आरोपी सबैला नगरपालिका १३ का २८ वर्षीय राजाबाबु मुखिया फरार भएका हुन् ।जिल्ला अदालत धनुषाबाट ७ दिन म्याद थप गरी इल
Read More
१२ जेष्ठ २०७९, बिहीबार २१:४२0
वाडा अध्यक्ष अर्जुन चौधरी सहित वाडा सदस्यहरुले गरे पदभार ग्रहण
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वाडा नं.११का वाडा अध्यक्ष अर्जुन चौधरी सहित वाडा सदस्यहरुले बिहिबार पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहण गर्नेहरुमा वाडा सदस्य बलराम प्रसाद गुप्ता,लालबाबु मण्डल
Read More
Comment here