समाज

मधेश प्रदेशमा २०२५ सम्म कुष्टरोग उन्मुलन गर्ने लक्ष्य


बटुकनाथ झा
जनकपुरधाम भदौँ १६ । मधेश प्रदेशमा कुष्ट रोगीको सख्यामा बृद्धि भईरहेको अवस्थामा संघ सरकारले खासै ध्यान नदिइरहेको बेलामा सन २०२५ सम्म उन्मुलनका लागि अभियान संचालन गरिएको छ । नेपालमा रहेको कुष्टरोगीहरुको संख्याको ४५ प्रतिसत संख्या मधेश प्रदेशमा नै रहेको अवस्थामा मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले अभियान संचालन गरिरहेको छ । कुष्ठरोगको सर्ने क्रमलाई रोक्न परिस्कृत पद्धती पेप कार्यक्रम मार्फत मधेश प्रदेशका विभिन्न जिल्लामा घरघरमा गई विरामी पता लगाई उपचार पद्धतीलाई अगाडी बढाउने स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिनुभयो । नेपाल सरकारले २०३० सम्म नेपालबाट कुष्ठरोट निवारन गर्न लक्ष्य लिएपनि मधेश प्रदेशमा यसको प्रभाव बढी देखिएकाले सक्रिय भएर रोगी पता लाउन हरेक वर्ष सरकारले रकम राखेर कुष्ठरोग नियन्त्रणको अभियानलाई प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनु भयो । जनकपुरधाममा भएको एक कार्यक्रममा बोल्दै पेप कार्यक्रमका धनुषा महोत्तरी प्रमुख डा. रविन्द्र कुशवाहाले मधेश प्रदेशको बारा,पर्षा, रौतहटमा बढी कुष्ठरोगीको संख्या रहेको जानकारी गराउदै धनुषामा १४८३ र महोत्तरीमा १७३० जना कुष्ठरोगी रहेको जानकारी दिनुभयो । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा कुष्ठरोगी पता लगाई उपचार गर्ने अभियानलाई नियमित रुपमा संचालन गर्न छाला तथा यौन रोग विशेषज्ञ डा. रामज्ञान यादवको अध्यक्षतामा ७ सदस्यीय समिति समेत गठन गरिएको छ । मधेश प्रदेशका भारतको सीमा संग जोडिएको क्षेत्रमा कुष्ठरोगी विरामीको संख्या बढी रहेको एक सर्वेक्षण देखाइएकोछ । बढी गर्मी भएको गाउँमा कुष्ठरोगीको संख्या बढेको बताउदै समयमा उपचार नगराए यसले मानिसलाई अपांगताको अवस्थामा समेत पुर्याउने गरिएको समयमै यसको उपचारका लागि सबै पक्षले ध्यान दिनुपर्ने स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ रोग अधिकृत राजविर यादवले जानकारी दिनुभयो ।्

Comment here