जनकपुरधाम । मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोजकुमार यादवले आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै छन् ।सत्ता साझेदार दलहरूले मधेस प्रदेशमा पहिलो चरणको मुख्यमन्त्री जसपालाई दिने सहमति गरिसकेका छन् । सोही सहमति अनुसार जसपा संसदीय दलका नेता यादवले प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने तयारी भएको हो ।मधेश प्रदेशसभामा १०७ सांसद छन् । बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, जसपा, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीसँग कुल ६२ सांसद छन् ।स्वतन्त्र सांसद सुरिता साहले पनि समर्थन गर्ने बताइएको छ । उनीसहित ६३ सांसदको समर्थनमा यादवदले आज प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष मुख्यमन्त्रीको दाबी गर्न लागेका हुन् ।प्रदेशका निवर्तमान सभामुखसमेत रहेका उनी बारा १ (२) बाट निर्वाचित भएका हुन् ।प्रदेश प्रमुख मिश्रले मुख्यमन्त्रीको दाबी पेश गर्न भोलि साँझ ५ बजेसम्मको समय दिएका छन् ।साभार : नेपाल प्रेस
मधेसको मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने तयारीमा जसपाका यादव
२७ पुष २०७९, बुधबार १२:०६0


सम्बन्धित समाचार
११ पुष २०७९, सोमबार १९:४४0
महोत्तरीका दुई पालिकाका विपन्न समुदायलाई न्यायो कपडा वितरण
जनकपुरधाम ११ गते पुस । महोत्तरी जिल्लाका दुई पालिकाका एक हजार दुई सय जना विपन्न समुदायलाई न्यानो कपडा वितरण गरिएको छ । इस्लामिक रिलिफ वल्र्डवाइड नेपालको सहयोगमा दलित समाज उत्थान समिति नेपालको आयोजनाम
Read More
२९ भाद्र २०७९, बुधबार १३:०१0
राष्ट्रियसभाको बैठकमा कुन–कुन विधेयकमा भयो छलफल ?
काठमाडौं । राष्ट्रियसभाको बैठकले ‘बीमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । बुधबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्मा
Read More
४ असार २०७८, शुक्रबार १२:४९0
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै छन्। आज विहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन लागेका हुन् ।
संविधानमा मुख्यमन्त्
Read More
Comment here