जनकपुरधाम । मधेस प्रदेशको सभामुखमा रामचन्द्र मण्डल निर्वाचित भएका छन् ।प्रदेशसभा बैठकमा आज भएको निर्वाचनबाट नेकपा एमालेका सांसद मण्डल निर्वाचित भएका हुन् । उनले १०३ मत पाएका छन् । उनी सभामुखमा निर्वाचित भएको प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य गोबिन्द न्यौपानेले घोषणा गरे ।प्रदेशसभामा आज १०३ सांसदको उपस्थिति रहेको थियो । जसमध्ये २९ सांसदले नेपाली काँग्रेसको तर्फबाट सभामुखका उम्मेदवार बनेका जंगीलाल रायलाई मतदान गरेका छन् ।कांग्रेसको २२ र नेकपा एसको ७ सांसदले रायको पक्षमा मतदान गरेको बुझिएको छ । नेकपा एसले रायको पक्षमा उभिने निर्णय पनि गरेको थियो ।मण्डल धनुषा क्षेत्र नम्बर १ (२)बाट निर्वाचित प्रदेश सांसद हुन् । उनी ०७४ मा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । माओवादी र एमाले मिलेर नेकपा बनेको थियो र पछि अलग भयो । त्यतिबेला एमाले रोजेपछि मण्डलको सांसद पद गुमेको थियो । माओवादीले सांसद पद खोसेको उनलाई अहिले सभामुखमा भने समर्थन गरेको छ ।साभार : नेपाल प्रेस
मधेसको सभामुखमा एमालेका रामचन्द्र मण्डल निर्वाचित
३ माघ २०७९, मंगलवार १७:३६0


सम्बन्धित समाचार
२४ मंसिर २०७९, शनिबार १९:४०0
लैंगिक हिँसा विरुद्ध विद्यार्थी संग अन्तरक्रिया सम्पन्न
जनकपुरधाम २४ गते मंसिर । लैँगिक हिँसा विरुद्धको १६ दिने अभियान संचालन भईरहदा धनुषाको दुई वटा विद्यालयका सय भन्दा बढी विद्यार्थीहरुलाई लैँगिक हिँसाका विरुद्ध जानकारी गराइएको छ । सभ्य समाजको पहि
Read More
२३ बैशाख २०७९, शुक्रबार १६:५१0
महिला उम्मेदवार : प्रमुखमा ७.०७ प्रतिशत, अध्यक्षमा ५.२७ प्रतिशत र वडाध्यक्षमा २.९१ प्रतिशत
काठमाडौं। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख पदमा महिलालाई न्यून अवसर मात्र दिइएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारी दिएकाहरुको सूचीमा प्रमुख पदमा महिलाको उपस्थिती न्यून पाइएक
Read More
४ असार २०७८, शुक्रबार १२:४७0
कांग्रेस केन्द्रीय समिति बैठक, महाधिवेशनको संशोधित कार्यतालिकामा केन्द्रित
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएकाे । दिउँसाे १ बजेपछि बस्ने बैठकमा महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफलमा केन्द्रित हुने बताइएकाे छ ।
यसअघि हिजाेको बैठकमा महामन्त्री
Read More
Comment here