ढल्केवर ।बलिदानी दिवसको अवसरमा आज (बिहीबार) मधेस प्रदेशमा सार्वजनिक बिदा गरिएको छ । मधेस सरकारले बलिदानी दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो ।मधेस आन्दोलनको क्रममा प्रथम सहिद रमेश महतोको सम्झनामा मधेस सरकारले माघ ५ गते बलिदानी दिवस मनाउँदै आएका छन् । २०६३ को मधेस आन्दोलन क्रममा सिरहाको लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुल कक्षा १० मा अध्ययनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो मधेस आन्दोलनको क्रममा शहादत प्राप्त गर्नुहुने पहिलो व्यक्ति हुनुहुन्छ । उहाँकै सम्झनामा मधेस सरकारले माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । मधेस सरकारले आज (बिहीबार) बलिदानी दिवसको अवसरमा जनकपुरस्थित मधेस भवनमा सहिद परिवार र घाइतेको सम्मान गर्ने कार्यक्रम राखेको छ । मधेस सरकारले सहिद परिवार र घाइतेहरूलाई आर्थिक सहयोगसमेत गर्दै आएको छ ।साभार : गोरखापत्र
मधेसमा सार्वजनिक बिदा
५ माघ २०७९, बिहीबार ११:४२0


सम्बन्धित समाचार
२० श्रावण २०७८, बुधबार १२:५३0
निश्छल हाँसो
काठमाडौँ — ललितपुरको खोकनामा खुर्सानी झुन्ड्याइएको झ्यालबाट बाहिर हेर्दै बालिकाहरू । परम्परादेखि खोकना क्षेत्रका बासिन्दाले आफैंले जोगाएका खुर्सानीका बीउ वैशाखमा रोप्छन् । फलेपछि साउनको पहिलो साता टि
Read More
१९ कार्तिक २०७९, शनिबार १७:५७0
टी-२० विश्वकप : इङ्गल्यान्ड सेमिफाइनल प्रवेश, साबिक विजेता अष्ट्रेलिया बाहिरियो
काठमाडौं । श्रीलङ्कालाई पराजित गर्दै इङ्गल्यान्ड आईसीसी टी २० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। अन्तिम दुई बल बाँकी रहँदा ४ विकेटको जित निकाल्दै इङ्गल्यान्ड सेमिफाइनल पुग्न सफल भएको हो ।यो ग्रु
Read More
२९ आश्विन २०७९, शनिबार २२:५९0
घर आँगन नियमित बचत संस्थाको एघारौं साधारण सभा सम्पन्न
बटुकनाथ झा, जनकपुरधाम २९ गते असोज।महोत्तरीको लोहारपटि नगरपालिकाको वडा नं ७ भ्रमरपुुरामा रहेको घर आंगन नियमित बचत तथा ऋण सहकारी संस्थाको एघारौं साधारण सभा सम्पन्न भएको छ । सो शत्रको अध्यक्षता संस्थाका
Read More
Comment here