जनकपुरधाम । मधेस केन्द्रीत साना पाँच दलहरूबिच पार्टी एकता हुन लागेको छ ।सोमबार जनकपुरधामस्थित तराई–मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र राष्ट्रीय सद्भावना पार्टीबिच एकता गर्ने सहमति भएको हो ।तमलोपाका वरिष्ठ नेता डा. विजय कुमार सिंहको अध्यक्षतामा बसेको सो बैठक यी पार्टीहरूबिच सहकार्यका निमित्त साझा मुद्दाहरूको पहिचानमा केन्द्रित रहेको तमलोपाका केन्द्रीय सदस्य उमेश मण्डलले जानकारी दिए ।बैठकले सहकार्यको निमित्त अवधारणापत्र र अन्य दस्तावेज तयार गर्न कार्यदलसमेत गठन गरेको नेता मण्डलले जानकारी दिए।कार्यदलमा तमलोपाबाट सतीश लाल दास, नेपाल सद्भावना पार्टीबाट डा. रविन्द्र चौधरी (राजेश), नेपाल लोकतान्त्रिक पार्टीबाट डा. कृष्ण चन्द्र साह, राष्ट्रिय सद्भावना पार्टीबाट रविन्द्र सिंह र ऐतिहासिक जनता पार्टीबाट आनन्द साह रहेका छन् ।यी पाँच पार्टीहरूले गत माघ १७ गते आपसमा एकता र सहकार्य अगाडि बढाउने निर्णय गरेका थिए ।आजको बैठकमा तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतो, ऐतिहासिक जनता पार्टीका अध्यक्ष बद्रीनारायण ठाकुर, नेपाल लोकतान्त्रिक पार्टीका सह–अध्यक्ष सुरेश प्रसाद गुप्ता, राष्ट्रिय सद्भावना पार्टीका प्रवक्ता राजेश्वर ठाकुर, तमलोपाका सतीश लाल दास, धिरेन्द्र सिंह, योगेन्द्र राय, भोलानाथ झा, बिभा ठाकुर, बिमला साहलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।साभार : शिरीष न्युज
मधेस केन्द्रीत साना पाँच दलहरूबिच पार्टी एकता हुने
२ फाल्गुन २०७९, मंगलवार १२:२६0


सम्बन्धित समाचार
८ पुष २०७९, शुक्रबार ११:४६0
काठमाडौं-तराई मधेस द्रुतमार्गलाई चाँडो सक्न अनुगमन र समन्वय समिति गठन
काठमाडौं। नेपाली सेनाले राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकता र चर्चामा रहेको काठमाडौँ-तराई मधेस द्रुतमार्गको काम चाँडो सक्न समन्वय तथा अनुगमनसम्बन्धी समिति गठन गरेको छ।
‘आजको सुरुआत, भ
Read More
२६ श्रावण २०७९, बिहीबार ११:५८0
मनोकामना युवा कमिटीको कार्यालय तथा धर्मशालामा तालाबन्दी
साउन २६ गते जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकावडा नं. ११ स्थित मनोकामना सिद्ध हनुमान मंदिरको धर्मशालामा रहेको मनोकामना युवा कमिटीको कार्यालयमा तालाबन्दी गरिएको छ । सो मन्दिरका संयोजक तथा जनकपुरधम
Read More
२८ मंसिर २०७९, बुधबार ११:५३0
पुल निर्माण अन्तिम चरणमा
सर्लाही, मङ्सिर २८ गते । सर्लाहीको लालबन्दी नगरपालिका–३, जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुरलाई जोड्ने गरी फूलजोर खोलामा निर्माणाधीन पुलको काम अन्तिम चरणमा पुगेको छ। वर्षौदेखि प्रतिक्षारत यो पुलको न
Read More
Comment here