जनकपुरधाम, पुस १८ गते । मधेस प्रदेशसभाको पहिलो अधिवेशन आज सुरु हुँदैछ । नवनिर्वाचित प्रदेशसभाको पहिलो अधिवेशन आज दिउँसो १ बजेबाट सुरु हुन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेको अध्यक्षतामा सुरु हुन लागेको अधिवेशनको पहिलो बैठकको सम्भावित कार्यसूचीमा चार वटा विषय रहेका प्रदेशसभा सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ । त्यस्तै प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेश गर्नुका साथै नियमावलीको नियम ११ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयन हुने सचिव यादवले बताउनुभयो । बैठकमा अधिवेशन प्रारम्भ भएको अवसरमा प्रदेशसभामा रहेका दलका प्रतिनिधिले वक्तव्य दिने र नियमावलीको नियम ७ बमोजिम सभामुखको निर्वाचनको मिति तोक्नेसम्बन्धी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीसमेत रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्थानुसार यही पुस १४ गते प्रदेश प्रमुख हरिशङ्कर मिश्रले अधिवेशन आह्वान गर्नुभएको थियो । साभार : गोरखापत्र अनलाइन
मधेस प्रदेशः प्रदेशसभाको पहिलो अधिवेशन आज
१८ पुष २०७९, सोमबार ११:४१0


सम्बन्धित समाचार
९ बैशाख २०७९, शुक्रबार ११:४४0
आज विश्व पृथ्वी दिवस मनाइँदै
काठमाडौं । विश्व पृथ्वी दिवस आज (शुक्रबार) परेको छ । वातावरण संरक्षणमा जोड दिँदै नेपालसहित विश्वभरका एक सय ९२ बढी देशमा विविध कार्यक्रम गरेर भव्यताका साथ यो दिवस मनाइँदै छ । पृथ्वीको सुरक्षा र संरक्ष
Read More
२९ आश्विन २०७९, शनिबार २२:५९0
घर आँगन नियमित बचत संस्थाको एघारौं साधारण सभा सम्पन्न
बटुकनाथ झा, जनकपुरधाम २९ गते असोज।महोत्तरीको लोहारपटि नगरपालिकाको वडा नं ७ भ्रमरपुुरामा रहेको घर आंगन नियमित बचत तथा ऋण सहकारी संस्थाको एघारौं साधारण सभा सम्पन्न भएको छ । सो शत्रको अध्यक्षता संस्थाका
Read More
२८ मंसिर २०७९, बुधबार ११:५९0
झारफुकको बहानामा जबरजस्ती करणी
कपिलवस्तु, मङ्सिर २८ गते । झारफुक गरी उपचार गर्ने बहानामा कपिलवस्तुमा एक महिला बलात्कृत भएकी छन् । बाणगङ्गा नगरपालिका १० मेचकुरी कोटियामाईथानमा मङ्सिर २० गते राति २७ वर्षीया महिलालाई जबरजस्ती करणी गर
Read More
Comment here