समाज

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सिद्दिकी विजयी

जनकपुरधाम । मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य पदमा अन्य समूहतर्फबाट सत्तारुढ गठबन्धनका मोहम्मद खालिद सिद्दिकी विजयी भएका छन् ।उनी कुल मतभार ६ हजार ६७८ ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी उस्मान अन्सारीले दुई हजार ७६६ मतभार हासिल गरे ।सिद्दिकीले प्रदेशसभातर्फ ७५ र स्थानीय तहतर्फ १७१ मत हासिल गरे । प्रदेशसभातर्फ प्रतिमतको ४८ मतभार र स्थानीय तहतर्फ प्रतिमतको १८ मतभार रहने व्यवस्था छ । अन्सारीले भने प्रदेशसभातर्फ २५ र स्थानीय तहतर्फ ८७ मत हासिल गरे । साभार : टुडेएनपी

Comment here