जनकपुरधाम । मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित न्यौपानेले आज दिउँसो २ बजे मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पद तथा गोपनीयताको शपथ लिने प्रदेशसभा सचिवालयले जनाएको छ ।प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले ज्येष्ठ सदस्यको रुपमा न्यौपानेले आज शपथ ग्रहण गर्ने र भोलि (शुक्रबार) न्यौपानेले बाँकी नवनिर्वाचित प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको जानकारी दिए ।मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यले विभिन्न आठ भाषामा शपथ ग्रहण गर्ने तय भएको सचिव यादवले जानकारी दिए ।साभार : नेपाल प्रेस
मधेस प्रदेशमा ज्येष्ठ सदस्यको शपथ ग्रहण आज
१४ पुष २०७९, बिहीबार ११:५२0


सम्बन्धित समाचार
२४ चैत्र २०७८, बिहीबार १५:३३0
जनकपुरधाम उपमहानगरपालिकाका मेयरमा लोसपा नेता संजय चौधरीको संभावना प्रबल
जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाका मेयरका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका युवा नेता तथा केन्द्रिय सदस्य संजय चौधरी पनि आंकाक्षीको रुपमा प्रस्तुत भएका छन ।स्थानियतह
Read More
२५ माघ २०७८, मंगलवार ११:५६0
प्रदेश सरकार सुस्त भएको लोसपाको आरोप
धनुषा । मधेस प्रदेशको प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसदहरूले सरकारका काम–कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । सरकारले गठन गरेको समिति, आयोग, बोर्डका पदाधिकारी काम नपा
Read More
२७ आश्विन २०७९, बिहीबार १२:१३0
मधेस प्रदेशसभा सदस्यमा ५४७ स्वतन्त्र उम्मेदवार
धनुषा । मधेस प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ ५४७ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । प्रदेशसभाको ६४ सिटमा ५४७ स्वतन्त्र उम्मेदवार दलका उम्मेदवारविरुद्ध प्रतिस्पर्धामा उत्रिएका हुन् । नि
Read More
Comment here