समाज

मधेस प्रदेश : नेकपा एसका राय राज्यमन्त्री बने

जनकपुरधाम । मधेस प्रदेशमा नेकपा एकीकृत समाजवादीबाट एक राज्यमन्त्री थपिएका छन् ।मुख्यमन्त्री लालबाबु राउतले नागेन्द्रराय यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्री बनाएका हुन् । प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतबाट यादवलाई सपथ गराइएको छ ।यादव तत्कालीन नेकपा एमालेको तर्फबाट रौतहट क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित भएका थिए ।नेकपा एसबाट यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो र प्रमोद कुमार यादव कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री ०७८ मंसिर ५ मा नियुक्त भएका छन् ।योसँगै मधेस प्रदेशमा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ ।साभार : नेपाल प्रेस

Comment here