मधेस प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्दै छ ।आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौँ अधिवेशन सुरु हुन लागेको हो।बैठकमा नवौँ अधिबेशन आह्वानसम्बन्धी प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र सभामुखले बाचन गरी सुनाउने र विभिन्न पार्टीका संसदीय दलका नेताले मनतव्य राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए। यस्तै केही दिनअघि निधन भएका प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको शोक प्रस्ताव आजको बैठकमा पेश गरिने कार्यसूची रहेको छ।यही अधिवेशनअन्तर्गत मधेस प्रदेश सरकारले यही जेठ २२ गते आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुने प्रदेशसभा सदस्यलाई जानकारी गराउने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । यस्तै मधेस प्रदेश सरकारले आगामी असार १ गते प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्ने तयारी भइरहेको छ।नीति तथा कार्यक्रमपश्चात् प्रदेश सरकारले आगामी असार १ गते बजेट प्रदेशसभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । विसं २०७८ चैत २९ गते प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य भएको थियो। साभार : कोसी अनलाइन
मधेस प्रदेश सभाको अधिवेशन आजबाट सुरु
१९ जेष्ठ २०७९, बिहीबार १२:०३0


सम्बन्धित समाचार
३१ जेष्ठ २०७८, सोमबार १२:५९0
एसइईको नतिजा साउन दोस्रो साता
असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्
Read More
२ पुष २०७८, शुक्रबार १२:२०0
कृषि विश्वविद्यालयका लागि प्रदेश सरकारले ३१ करोड अनुदान दिने
जनकपुरधाम । प्रदेश २ सरकारले सप्तरीमा स्थापना गर्न लागेको कृषि विश्वविद्यालय स्थापनाका लागि तत्काल ३१ करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।बिहीवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सप्तरीको राजवि
Read More
२२ चैत्र २०७९, बुधबार १२:१०0
सलमान खान खराब सपनाजस्तै थिए : जब सलमानविरुद्ध खुलेर बोलिन् ऐश्वर्या
एजेन्सी । सलमान खान र ऐश्वर्या कुनै समय सम्बन्धमा थिए । उनीहरूको ब्रेकअपको कहानी पनि कसैबाट लुकेको छैन । सन् २००२ मा ब्रेकअपको समयमा ऐश्वर्याले सलमानमाथि निकै गम्भीर आरोप लगाएकी थिइन् ।ऐश्वर्याका अनु
Read More
Comment here