काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस वर्षको मनसुनजन्य विपतबाट क्षति बेहोरेका किसानहरूलाई आगामी आर्थिक वर्षमा क्षतिपूर्ति दिनेगरी लगत सङ्कलन गरिरहेको बताएको छ । मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले यस वर्षको मनसुनका कारण आएको बाढी तथा पहिरोका कारण कृषकहरूलाई परेको क्षतिको सम्बन्धमा मन्त्रालयले लगत सङ्कलन गरिरहेको बताए ।
मन्त्रालयले कृषि विभाग, पशु सेवा विभाग लगायत प्रदेश सरकारमार्फत् के–कति क्षति भएको छ त्यसको तथ्याङ्क सङ्कलन गरिरहेको उनले जानकारी दिए । एक हप्ताभित्र लगत सङ्कलन भइसक्ने र असार २० गतेसम्मको प्रारम्भिक रिपोर्ट तयार पारेपछि किसानहरूलाई आगामी आर्थिक वर्षमा क्षतिपूर्तिमार्फत सम्बोधन गरिने उनले बताए ।
साभार : कोसी अनलाइन
Comment here