समाज

मनोकामना युवा कमिटीको कार्यालय तथा धर्मशालामा तालाबन्दी

साउन २६ गते जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकावडा नं. ११ स्थित मनोकामना सिद्ध हनुमान मंदिरको धर्मशालामा रहेको मनोकामना युवा कमिटीको कार्यालयमा तालाबन्दी गरिएको छ । सो मन्दिरका संयोजक तथा जनकपुरधम उपमहानगरपालिकाका वडा नं. ११ का वडाध्यक्ष अर्जुज चौधरी संग समिटीका पदाधिकारीहरुले मंदिरको हिसाव सार्वजनिक गर्न माग गर्दा चौधरीले कमिटीको कार्यालयमा नै तालाबन्दी गर्नुभएको थियो । सो ताला खोल्न कमिटीका अध्यक्ष शत्रुघन प्रसाद साहको अगुवाईमा पदाधिकारी स्थानीयबासीले कार्यालयको ताल्चाखोली हिसाव सार्वजनिक गर्न आग्रह गरेपनि अध्यक्ष चौधरीले ताल्चा नखोल्दा बुधबार स्थानीयबासीहरुको रोहबरमा कमिटीका पदाधिकारीहरुले कार्यालयमा तालाबन्दी गरी ताल्चा खोलाउन जिल्ला प्रशासन कार्यालय धनुषालाई लिखित जानकारी गराउने निर्णय गरिएको अध्यक्ष साहले जानकार दिनुभयो ।

Comment here