काठमाडौं । मन्त्रिपरिषद् विस्तारलगायत विषयलाई टुङ्गोमा पुर्याउन सत्ता साझेदार दलको बैठक बस्दैछ । आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । बैठकमा मन्त्रिपरिषद्को विस्तार, सभामुखको निर्वाचन, सरकारको प्रभावकारितालगायत विषयमा छलफल हुने बताइएको छ । बुधबार साँझ प्रधानमन्त्री दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको थियो । प्रधानमन्त्री दाहालले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिइसकेका छन् । उनलाई तत्काल उपस्थित सात सय ७० मध्ये दुई सय ६८ सांसदले विश्वासको मत दिएका थिए । सत्ता साझेदार दलमा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन् ।साभार : स्पेसखबर
मन्त्रिपरिषद् विस्तारलगायतका विषयकाे टुंगाे लगाउन सत्ता साझेदार दलकाे बैठक बस्दै
२८ पुष २०७९, बिहीबार ११:४५0


सम्बन्धित समाचार
१९ कार्तिक २०७९, शनिबार १७:३२0
निर्वाचन विथोल्न २३ वटा समूह सक्रिय,नियन्त्रण गर्न गृहको निर्देशन
विराटनगर । मंसिर ४ गते हुने निर्वाचन विथोल्नका लागि २३ वटा समूह सक्रिय रहेको गृह मन्त्रालयले जनाएको छ । प्रदेश १ को राजधानी विराटनगरमा शनिबार आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीका मन्त्रालयका प्रवक
Read More
२१ पुष २०७९, बिहीबार १२:०४0
शाहरूख खानका छोरा आर्यनसँग डेट गर्दै नोरा!
मुम्बई । बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान र अभिनेत्री तथा डान्सर नोरा फतेही प्रेम सम्बन्धमा रहेको चर्चा छ।भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार आर्यन र नोरा एकसाथ समय बिताइरहेका छन्।यतिबेल
Read More
१३ मंसिर २०७९, मंगलवार १२:०९0
सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय दल बन्ने निश्चित, नेकपा एसलाई मुस्किल
काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले थ्रेसहोल्ड कटाउने निश्चित भएको छ । ९६ लाख ४७ हजार ४१० मत गन्दा जनमत पार्टीले ३ लाख १६ हजार ५९२ मत ल्याएर राष्ट्रिय पार्टी बन्ने निश्चित भएको हो ।पछिल्लो म
Read More
Comment here