समाज

मन्त्री यादवद्वारा आवास भवनको उदघाट्न

नेपाली कांग्रेस प्रदेश २ संसदीय दलका नेता तथा भौतिक पुर्वाधार विकास मन्त्री राम सरोज यादवले भौतिक पुर्वाधारको विकास बिना प्रदेश विकास सम्भव नरहेको बताएका छन ।

सोमवार प्रादेशिक शहरी विकास तथा भवन कार्यालय धनुषाको परिसर भित्र नव निर्मित आवास भवनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले समयमै विकास निर्माणको काम पुरा भए विकासले तिब्रता लिने बताउँदै निर्माण व्यवसायीहरुले निर्धारित समयमै काम सम्पन्न गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।. सिरहाको ए-वन विल्डर्स द्वारा ४२ प्रतिशत बिलोमा ८८ लाख ६५ हजार १ सय ६५ रुपैयाँको लागतमा निर्मित सो आवास भवन निर्धारित समय भन्दा पुर्व नै निर्माण कार्य सम्पन्न गरिएको हो ।


शहरी विकास तथा भवन निर्माण कार्यक्रम धनुषाद्वारा आयोजित कार्यक्रममा नेपाली कांग्रेस धनुषाका उप-सभापति संतोष यादव , जनकपुरधाम नगर सभापति मनोज साह, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी सहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरि न्युन सहभागितामा सम्पन्न सो कार्यक्रममा नि. कार्यालय प्रमुख विनोद यादवले भवनको प्राविधिक पक्षवारे जानकारी गराएका थिए ।

Comment here