काठमाडौं । महन्थ ठाकुरलाई भावी राष्ट्रपति बनाउनुपर्ने माग लिएर लोसपा नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।प्रधानमन्त्री प्रचण्ड, कांग्रेसलगायतका दलले राष्ट्रिय सहमतिमा जोड दिइरहेको बेला त्यसका लागि उपयुक्त पात्र ठाकुर भएको भन्दै राष्ट्रपतिका लागि समर्थन गर्न लोसपा नेता धुम्वाराही पुगेका हुन् । भेटमा देउवासँगै उपसभापति पूर्णबहादुर खड्का पनि थिए ।देउवा निवासबाट बाहिरिँदै लोसपा नेता शरदसिं भण्डारीले कांग्रेसबाट सकारात्मक प्रतिक्रिया पाएको बताए ।देउवाको भनाई उद्धृत गर्दै पत्रकारसँग उनले भने, ‘ महन्थजी सहमतिका लागि उपयुक्त पात्र हो । हामी पार्टीभित्र पनि छलफल गर्छौं । कांग्रेसले आधिकारिकरूपमा आफ्नो उम्मेदवार अघि सारेको छैन । तपाईँ-हामी एलायन्समा छौं । सहमतिको परस्थिति बन्यो भने उहाँ पनि उपयुक्त हो भन्नुभएको छ।’प्रधानमन्त्री प्रचण्डबाट बारम्बार राष्ट्रिय सहमति भनिरहेकाले अहिले बाहिर आइरहेको नाममा ठाकुर नै उपयुक्त भएको भण्डारीको जिकिर थियो ।उनले थपे, ‘सालिन भद्र व्यक्तित्व सबैले विश्वास गरेको र डेलिगेटेड मान्छे हुनुपर्यो । निषेधको राजनीतिले गर्दा पोल्टिकल क्राइसिस नआवस् ।’लोसपाका नेताले हिजोमात्र प्रधानमन्त्री प्रचण्डलाई पनि भेटेका थिए । भण्डारीले आफूहरू बालकोट पनि पुगेको जानकारी गराउँदै संसदमा रहेका सबै दलसँग आग्रह गर्ने जानकारी दिए ।साभार : नेपाल प्रेस
महन्थलाई राष्ट्रपति बनाउन माग गर्दै लोसपा नेता धुम्वाराहीमा, देउवाले दिए यस्तो जवाफ
१० फाल्गुन २०७९, बुधबार १२:१९0


सम्बन्धित समाचार
८ पुष २०७९, शुक्रबार १५:२५0
लोकतन्त्रलाई बलियो र संस्थागत गर्न सञ्चार जगतको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति भण्डारी
सुर्खेत । राष्ट्रपति विधादेवी भण्डारीले मुलुकको लोकतन्त्रलाई बलियो बनाउन तथा समाज रुपान्तरणका लागि सञ्चार जगतको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भएको छ । लोकतन्त्रको रक्षा र मुलुकको समृद्ध
Read More
२२ पुष २०७९, शुक्रबार ११:४१0
जसपाले मधेस प्रदेशमा आज दलको नेता छान्ने
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश संसदीय दलको नेता आज चयन हुँदैछ । नेता लालकिशोर साह नेतृत्वको निर्वाचन समितिले दलको नेता चयन गर्ने जसपाले जनाएको छ ।तयारीका लागि बिहीबार मधे
Read More
३ माघ २०७९, मंगलवार १२:३९0
अमेरिकाका २० भन्दा बढी राज्यमा टिकटक प्रतिबन्ध
वाशिंगटन। केन्टकीले साइबर सुरक्षा चिन्तालाई उद्धृत गर्दै लोकप्रिय भिडियो एप टिकटकलाई सरकारी उपकरणहरूमा प्रतिबन्ध लगाउन अमेरिकाका २० भन्दा बढी राज्यहरूमा सामेल हुँदैछ।
राज्यका कर्मचारीहरूलाई ‘
Read More
Comment here