मनोरंजन

महाभारतमा भीष्म पितामहको भूमिका निभाउने मुकेशले किन गरेनन् अहिलेसम्म विवाह ? बताए यस्तो कारण

अभिनेता मुकेश खन्नाले अहिलेसम्म विवाह गरेका छैनन् । उनी ६२ वर्ष पुगिसकेका छन् ।

विवाह नगर्नुको कारण बारे उनले एक अन्तरवार्तामा कुरा गरेका छन् । मुकेश भन्छन्, ‘विवाह ती व्यक्तिको हुन्छ, जसको भाग्यमा यो हुनैपर्ने लेखिएको हुन्छ । मेरो बोल्ने बानीले मसँग थुप्रै विवाद जोडिएका छन् । म आफ्नो जीवनको एउटा यस्टो विवाद समाप्त पार्न चाहन्छु जुन वर्षौंदेखि चल्दै आएको छ ।’

मुकेश थप्छन्, ‘मैले विवाह किन गरिनँ ? एक जमानामा हरेक पत्रकारको यो निकै प्रिय प्रश्न हुन्थ्यो । म तपाईंलाई भन्न चाहन्छु कि म विवाह विरोधी भने होइन । मानिसहरुले थुप्रै पटक भन्ने गर्नुहुन्छ कि मुकेश खन्नाले भीष्म पितामहको भूमिका गरेका कारण नीजि जीवनमा पनि त्यहि अपनाइरहेका छन्, त्यसैले उनले विवाह गरेनन् । म उहाँहरुलाई भन्न चाहन्छु कि म यति महान छैन र कोही पनि मानिस भीष्म पितामह बन्नै सक्दैनन् । मैले नीजि जीवनमा कुनै भीष्म प्रतिक्षा लिएको छैन तर यो पनि भन्न चाहन्छु कि विवाह नामको इन्स्टिट्युशनलाई मैले भन्दा कसैले पनि सम्मान गर्दैन होला । विवाह भाग्यको कुरा हो । अफेयर लेखिएको हुँदैन ।

Comment here