समाज

महाशिवरात्रिमा समान भाषामा दिए काङ्ग्रेस महामन्त्रीद्वय शर्मा र थापाले शुभकामना

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले महाशिवरात्रिको उपलब्ध शुभकामना सन्देश दिएका छन् । उनीहरूले एउटै मन्त्र राखेर दिएको शुभकामनाको भाषा पनि समान छ । उनीहरू पोस्ट गरेको मन्त्र यस्तो छ, ‘ॐ तत्पुरुषाय विदमहे, महादेवायः धीमहि तन्नो रुद्रः प्रचोदयात् ।’ महामन्त्री शर्माले दिएको शुभकामना महाशिवरात्रीको मङ्गलमय शुभकामना ! लेखिएको छ भने थापा दिएको शुभकामना महाशिवरात्री पर्वको हार्दिक मङ्गलमय शुभकामना ! लेखिएको छ । महामन्त्री थापाले शिवजीको बाल्यकालको आभास दिलाउने तस्बिर पोष्ट गरेका छन् । शर्माले श्रीमती, कविता, छोरी स्वीकृति, छोरा शीर्षप्रकाश र साथीहरूले अभिनय गरेको शिवसम्बन्धी विषेश श्रव्यदृश्य  सामग्री पोस्ट गरेका छन् । साभार : कोसी अनलाइन

Comment here