समाज

महिला जन प्रतिनिधिलाई प्रशिक्षित बनाउने माण्डवीको अभियान जारी

जनकपुरधाम असार ३० गते । स्थानीय तहको निर्वाचन सम्पन्न भईसकेको अवस्थामा नव निर्वाचित महिला जनप्रतिनिधिहरुलाई शसक्त तथा प्रशिक्षित बनाउने माण्डवी नामक गैर सरकारी संस्थाको अभियान जारी रहेको छ । यसैक्रममा धनुषा जिल्लाको मिथिला नगरपालिकाका ११ वटै वडाका २२ जना महिला जनप्रतिनिधिहरुलाई माण्डवीले बर्दिबासमा बुधबार देखि चार दिने प्रशिक्षण जारी राखेको छ । स्वीस सरकार विकास सहयोग एसडीसी तथा अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा आईएफईएसको प्राविधिक सहयोगमा सुरु भएको चार दिने प्रशिक्षणमा महिला जनप्रतिनिधिहरुलाई प्रशिक्षक अरविन्द कुमार यादव तथा पार्वती भट्टराईले प्रशिक्षण दिनुभएको छ । सो प्रशिक्षणमा सहभागी महिला जनप्रतिनिधिहरुलाई महिला नेतृत्वको परिचय, सरोकारबलाहरु संगको सहकार्य, लैँगिकता र लैँगिक समानता, नियमन, प्रस्तुती र सार्वजनिक वक्तव्य सीप, आत्मविस्वासको अभिबृद्धि, स्थानीय शासन रस्थानीय तहमा निर्वाचित पदाधिकारीहरुको भुमिका, राजनीति तथा निर्णय प्रक्रियामा महिला सहभागीताको महत्व लगायतका विषयमा प्रशिक्षण दिइने माण्डवीका शि लिड्स महिला नेतृत्व कार्यक्रमको कार्यक्रम अधिकृत प्रियंका ठाकुरले जानकारी दिनुभयो ।

Comment here